nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा गठबन्धन उम्मेदवार चौधरी र एमालेका साहबीच द्विपक्षीय भिडन्त

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २२, २०७९, १:४२ मध्यान्ह
सिरहाको लहानमा गठबन्धन उम्मेदवार चौधरी र एमालेका साहबीच द्विपक्षीय भिडन्त

सिरहा/बैशाख २२ गते। ३० वैशाखमा हुन गइरहेको स्थानीय तह २०७९ को निर्वाचनको समय नजिकिँदै गर्दा गाउँगाउँमा विभिन्न आँकलनहरु सुरु भएको छ । जिल्लाको सवैभन्दा पुरानो र देशकै सवैभन्दा ठूलो नगरपालिका लहानमा यो पटक द्विपक्षीय भिड्न्त हुने देखिएको छ ।

लहान नगरपालिकामा यस निर्वाचनको लागि नेकपा एमालेका तर्फबाट निवर्तमान मेयर समेत रहेका मुनि साहले उम्मेदवारी दिएका छन् । उनको टक्करमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रको तर्फबाट साझा उम्मेद्वार नेपाली कांग्रेस सिरहा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति महेश चौधरीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन्।

नेकपा (एकीकृत समाजवादी)ले छुट्टै उम्मेदवारी दिएपनि साह र चौधरी नै चुनावी दौडको अग्रपङ्तिमा रहेका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको यो पालिकामा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस थियो ।

यस पटकको निर्वाचनमा सत्ता गठवन्धनमा रहेका जसपा र नेकपा माओवादी केन्द्रको समेत समर्थन र नेकपा एमाले विभाजन पछि लहानका नेताहरु नेकपा एसतर्फ नरहेकाले पनि साहको उम्म्दवारी कमजोर हुन गएको स्थानीयहरुले विश्लेषण गरिरहेको छ ।

अर्कोतर्फ सत्ता विरोधी नेपाली मानसिकताले पनि निवर्तमान मेयर साहको उम्मेदवारी कमजोर भएको अनुमान रहेको छ । यसअघि दुईपटक मेयर भईसकेकोले लहानबासीले नयाँ अनुहार खोजिरहेको कतिपयको भनाइ छ ।

चौधरी बाहुल्य लहानमा जातीय समीकरणले पनि यो पटक चौधरीलाई साथ दिने अनुमान गरिएको छ । २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चौधरी समूदायबाट उम्मेद्वारी परेको थिए । यो पटक जातिय हिसावले पनि महेश चौधरीमात्र उम्म्देवार रहेका छन् । यसले जातीय मतले पनि चौधरीलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट मुनि साह ११ हजार ३ सय ७ मत सहित विजय भएका थिए । नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १ सय ३८ मत, तत्कालिन संघिय समाजवादी फोरमका बैजनाथ प्रसाद साह तेलीले ५ हजार ७ सय ३७, राष्टिय प्रजातन्त्र पार्टीका लगनलाल चौधरीले ४ हनार ४ सय ६५ मत रनेकपा माओवादी केन्द्रका खड्क नारायण चौधरीले २ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए ।

लगनलाल चौधरी २०७४ को आम निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सासंद निर्वाचित भएका छन् । व्यवसाय, समाजसेवा र राजनीतिमा सक्रिय साह लहानका लागि अब्बल उम्म्दवार भएकोले मुनि साहको मत प्रभावित पार्ने ममता राख्ने लहान घर भएका त्रिविका इतिहास विषयका प्रध्यापक तथा राजनीतिक विश्लेषक विजय मिश्र बताउँछन् ।

कोभिड, जाडोमा उनले गरिब विपन्नलाई गरेको सहयोग जस्ता सामाजिक छविले पनि चौधरीलाई सघाउने उनी बताउँछन् । लहान नपामा २९ हजार २ सय २२ पुरुष र २६ हजार ९ सय ७६ महिला गरी ५६ हजार १ सय ९६ मतदाता रहेका छन् ।

Tags: स्थानीय तहको निर्वाचन २०७९

Discussion about this post

Related Posts

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी दर्ता

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी दर्ता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि