nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाका तीन पालिकाको उपमेयरमा दलित महिलाको उम्मेदवारी

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १७, २०७९, ५:१६ मध्यान्ह
सिराहाका तीन पालिकाको उपमेयरमा दलित महिलाको उम्मेदवारी

सिरहा/बैशाख १७ गते। सिरहाका तीन स्थानीय पालिकाको उपमेयरमा तीन दलित महिलाले उम्मेदवारी दिएका छन् । गोलबजार नगरपालिकामा कांग्रेसबाट शान्ति सदा, सिरहा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)बाट शशिमित्रा माझी मुसहर र कर्जन्हा नगरपालिकामा एमालेको तर्फबाट निर्मला पासवानले उम्मेदवारी दिएका हुन् ।

स्थानीय तहको निर्वाचनमा प्रायः दलित महिला आरक्षित वडा सदस्यसम्म मात्रै उम्मेदवार बनाइने भए पनि यसपटक मुसहर र पासवान समुदायका महिलाले उपमेयरको पदमा उम्मेदवारी दिएका छन् । तीनै जना महिला उम्मेदवार पिछडिएको वर्गका प्रतिनिधि भएपनि आफ्नो कर्मले भने सो क्षेत्रमा परिचित छन् ।

शान्ति सदा कुशल गायिका हुन् भने, शशिमित्रा माझी मुसहर स्टाफ नर्स हुन् । यस्तै निर्मला कुमारी देवी पासवान एमालेको दलित महिला संघकी पूर्वअध्यक्ष तथा दलित महिला अधिकारकर्मी हुन् ।

संगितको औपचारिक शिक्षा प्राप्त गरेकी शान्ति सदाले रेडियो नेपालबाट २०७४ मा आयोजित आधुनिक गीत प्रतियोगितामा ‘मुटुभरि तिम्रो माया, आँखाभरि आँसु’ गित गाएर प्रदेश २ मा दोस्रो स्थान प्राप्त गरेकी थिइन् । जंगलबाट दाउरा ओसार्दा वा जनवनी र वस्तुभाउ चराउन जाँदा गीत गुनगुनाउने शान्तिले मैथिली संगीतका गुरु सूर्यनारायण सिंहसँग प्रारम्भिकरुपमा संगीत सिकेकी हुन् । सात वर्षसम्म सिंहसँग संगीत सिकेपछि उनैले शान्तिलाई भारतको इलाहावादस्थित प्रयाग संगीत विद्यालयमा संगीत शिक्षाको औपचारिक शिक्षाका लागि भर्ना गराएका थिए । जातीय रुपमा विभेद गर्ने समाजमा दलित मुसहर समुदायका एउटा बुहारीलाई मञ्चमा गीत गाउनु र आफ्नो प्रतिभा देखाउनु कठिन भए पनि संघर्षको यात्रालाई उनले जारी राखिन् ।

एसएसली उत्तीर्ण शान्तिले ‘सैया पैया परैछी’ बोलको गीत रेकर्डिङ पनि गराएकी छन् । माध्यमिक तहमा अध्ययनरत अवास्थामा नै गोलबजार नगरपालिका ६ डोहटियाका गुरुशरण सदासँग उनले विवाह गरिन् । शान्तिको शिक्षा र सांगितिक यात्राले श्रीमानको घरमा पनि निरन्तरता पाएको थियो । सानै उमेरदेखि गीत गाउने चाहनालाई पनि तिनले विवाहपश्चात् निरन्तरता दिई नै रहिन् । मुसहर जातिको उत्थानमा सक्रिय सवरी संकल्प समाज, गोलबजारको पहलमा मैथिली संगीतका गुरु सूर्यनारायण सिंहले शान्तिलाई संगीतको शिक्षा दिन सुरु गरेका थिए ।

शान्ति र उनका पति गुरुशरणले नेपाली र मैथिली गरेर तीन दर्जनभन्दा बढी गीत रेकर्ड गराएका छन् । तर, कोभिडबाट उनका पति गुरुशरणको एक वर्षअघि निधन भएपछि भने उनी सांगीतिक र जीवनको यात्रामा एक्लिएकी छन् । हाल चुनावी अभियानमा सक्रिय ३२ वर्षीया शान्तिले राजनीतिक क्षेत्रबाट मात्रै समाज रुपान्तरण सम्भव भएकाले उम्मेदवारी दिएको बताउने गरेकी छन् ।

सिरहा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी अर्की दलित महिला हुन् मुसहर समुदायकी शशिमित्रा माझी मुसहर । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेकी २९ वर्षीया शशिमित्रा यसअघि महिला अधिकार क्षेत्रमा सक्रिय थिइन् । स्टाफ नर्स उत्तीर्ण उनले सिरहा युथ नेपाल नामक संस्था दर्ता गरेर दलित र महिला अधिकारको क्षेत्रमा सचेतनामूलक अभियान सञ्चालन गरिरहेकी थिइन् ।

सिरहा नगरपालिका क्षेत्रमा पुस्तौंदेखि रहेको प्रथाविरुद्ध आवाज उठाउनुका साथै कानुनको पहुँच बाहिर रहेका भूमिहीन दलित सुकुम्बासीलाई कानुनी उपचारका लागि पैरवी गर्नु नै उनको दिनचर्या थियो । सर्लाही चन्द्रनगर गाउँपालिका ६ माइती भएकी उनका पिता रामकेवल माझी पनि राजनीतिमा सक्रिय छन् । वामपन्थी विचारधाराका माझी रामकेवल एमाले हुँदै नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत भएका थिए । हाल उनी जनता समाजवादी पार्टीबाट वडाध्यक्षको उम्मेदवार रहेको शशिले सुनाइन् । उनले बुवाबाट नै राजनीतिक सचेतता प्राप्त गरेको बताउँछिन् ।

उनले सामाजिक अभियानलाई राजनीतिक रुपमा परिवर्तन गरेर आवाजविहीन दलित समुदायलगायत पीडामा रहेका नागरिकहरूका लागि आफूले काम गर्ने बताइन् । जनगणना २०६८ का अनुसार सिरहामा मुसहर समुदायको ३९ हजार ९ सय २९ जनसंख्या छ ।

जिल्लाको पश्चिमी भेगमा पर्ने कर्जन्हा नगरपालिकामा एमालेले दलित महिला संघकी पूर्वअध्यक्ष तथा दलित महिला अधिकारकर्मी निर्मलाकुमारी देवी पासवानलाई उपमेयर उम्मेदवार बनाएको छ ।

२७ वर्षसम्म दलित महिला संघको नेतृत्व गरेकी पासवानको राजनीतिक यात्रा एमाले सम्बद्ध २०६५ सालमा युवा संघ नेपालबाट सुरु भएको हो । त्यतिखेर संघको जिल्ला समिति सदस्य बनिन् । २०७७ सालमा एमालेको जिल्ला समिति सदस्य बनेकी ४५ वर्षीया निर्मलाले महिला अधिकार, दलित समुदायको सशक्तिकरणका लागि आफ्नो उम्मेदवारी दिएको बताइन् ।

साभार स्रोत-कान्तिपुर अनलाईन बाट

Tags: स्थानीय तहको निर्वाचन २०७९

Discussion about this post

Related Posts

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!