अरुण कुमार यादव/सप्तरी/फागुन २१ गते। नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुने भएको छ । सप्तरीको रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रमा मतदान केन्द्र तोकिएको काँग्रेसले जनाएको छ ।
दुुवै पक्षको सहमतिमा फागुन २० गते हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको छ ।जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तासँगै परिणाम आफ्नो पक्षमा पार्न दुबैपक्ष मतदाताको घरदैलोमा दौड धुपमा जुटेका छन् । उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्र बनाएको छ । उनीहरु मतादातालाई फकाउने बिभिन्न नारा र आस्पासन बाँड्दै जिल्ला दौडाहामा छन् । संस्थापन पक्षबाट यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, राम प्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सह सचिबमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी परेको छ ।
यस्तै कोईराला पक्षबाट साहको प्यानलबाट उपसभापतिमा राम कुमार साह, ध्रुव नारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सह सचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकोले एकदिनपछि सारेको छ ।















Discussion about this post