अरुण कुमार यादव/सप्तरी/फागुन ११ गते। डा. शेखर कोइराला पक्षका नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा रामदेव साहले उम्मेदवारी घोषणा गरेका छन् ।
आज सााझ राजविराजमा आयोजित कार्यक्रममा सप्तरी क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीले उहााको उम्मेदवारी घोषणा गर्नुभयो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदबारी घोषणा भएको एक दिनपछि कोइराला पक्षका साहले उम्मेदवारी घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा पूर्व मन्त्री हेमराज तातेड, संविधानसभा सदस्य रंजित कर्ण, पुराना नेता बिकेश्वर यादव ‘बिमल’ सहितको उपस्थिति रहेको थियो ।
यसअघि हिजो मात्र नेपाली कांग्रेसको सप्तरी जिल्ला सभापतिमा संस्थापन पक्षबाट सत्रुधन यादवले उम्मेदवारी घोषणा गरेका छन् ।
१५ फागुनमा हुने जिल्ला अधिवेशनमा हालका जिल्ला सचिव यादवले संस्थापन पक्षबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।















Discussion about this post