nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

माघे संक्रान्ति वा तराई मधेशमा मनाईने ‘तिलासकराइत’आज्ञाकारी बनाउने पर्व हो

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १, २०७८, ७:२३ मध्यान्ह
माघे संक्रान्ति वा तराई मधेशमा मनाईने ‘तिलासकराइत’आज्ञाकारी बनाउने पर्व हो

माघ १ गते। तराई मधेशमा एउटा भनाई खुब प्रचलित छ ‘कि तोहर हम तिल धार्ने छियौं ?’ अर्थात ‘के तिम्रो तिल खाएको छु वा लिएको छु ?’ कसैले कसैलाई कुनै काम अह्राएमा वा कसलाई कुनै काम गर्न भन्दा गर्न मन नलागेमा रिसाएर वा मजाकमा यो कुरा भन्ने आमचलन छ । 

यो भनाई माघे संक्रान्तिसँग जोडिएको विषय हो । यसलाई तिला सकराइ अर्थात तिला संक्रान्ति पनि भनिन्छ । आजको दिन आमा–बुवा वा ठूलाबडाले आफूभन्दा सानालाई चामल, तिल र सख्खर (गुँर) मिसाइएको प्रसाद खान दिँदै सोध्छन् ‘हमर तु तिल बहबिही’ अर्थात तिमीले भनेको काम मान्छौ वा गर्छौ ?’ चामल, तिल, सक्खर मिलाइएको प्रसाद लिनेले ‘हो’ भनेपछि मात्र त्यो दिने चलन रहेको मिथिला साप्ताहिकका सम्पादक देवेन्द्र मिश्रले बताए ।

तिल खाएपछि भनेको कुरा मान्नुपर्छ, कसैको भनाई अनुसार चल्नुपर्छ अर्थात अज्ञाकारी हुनुपर्ने चलन गाउँमा रहेको उनले बताए । यो चलनको किंवदन्ती माघे संक्रान्तिसँग जोडिएको छ । ‘अहिले त त्यो चलन हराउँदै गइरहेको छ नत्र पहिला पहिला बुढापाकाहरुले तिल, चाउर (चामल) लिएर आफ्ना टोलमा बाँड्दै हिँड्नुहुन्थ्यो । तिल, चामल, सक्खर मिसिएको प्रसाद दिँदै सबैलाई मेरो भनाई मान्छु, मेरो सेवा गर्नुपर्छ भन्नुहुन्थ्यो, अहिले त्यो चलन हराई सकेको छ तर घरघरमा अझै पनि भइरहेको छ’ उनले भने, ‘मैले हिजै आफ्नो आमाबुबाबाट तिल चामल खाइसके । हरेकको आमा–बुवाले छोराछोरीलाई तिल, चामल खुवाउँदै सेवा सत्कार गर्न प्रतिबद्धता गराउँछन् ।’

तिल खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । यसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने शक्ति हुनुका साथै एन्टी एक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाउने गरेको उनले बताए । धार्मिक मान्यताअनुसार तिललाई निकै शुद्ध मानिन्छ । हरेक पूजा पाठमा तिल अनिवार्य जस्तै भएको छ । तिल दान गर्नु आफैमा पुन्यको काम हो । त्यसैले तिला संक्रान्तिको दिन तिल खानुलाई विशेष रुपमा लिने गरिएको उनले बताए । 

आजको दिन घरको देवता (घर गोसाँई) लाई नयाँ धानको चामल, तिल र सक्खर मिसाइएको प्रसाद चढाउने गरिन्छ । घर देवताको विशेष पूजा सम्पन्न भएपछि त्यसलाई प्रसादको रुपमा घरका कुनै अग्रजले आफूभन्दा सानालाई दिने गरिन्छ । 

दिदी बहिनीलाई सम्झने दिन

तराई मधेशमा आजको दिन दिदी बहिनीलाई सम्झने दिन पनि हो । आजैको दिन दाजुभाइहरु च्युरा, मुरही (भुजा) लाई (च्युरा, भुजा, तिलको लडु), दही कोशेली (भार) लिएर दिदी बहिनीको घरमा जाने चलन छ । तराई मधेशमा यो अनिवार्य जस्तै भएको छ । 

सङ्क्रान्तिभन्दा अघिपछि दिने पनि गरिन्छ तर संक्रान्तिको दिन दिँदा झन राम्रो मानिन्छ । संक्रान्तिको दिनभन्दा पहिलादेखि नै दिदी बहिनीको घरमा कोसेली लिएर जान सुरु हुन्छ । एक हप्तासम्म पनि कोसेली लिएर जाने चलन छ ।

यसको तयारी एक दुई हप्ता अगाडिदेखि नै सुरु हुन्छ । पहिला पहिला किसानले धान काटेपछि सुरुमै मुरही (भुजा) र च्युराको लागि धान तयार पर्थे । धान कुटाएर किसानले आफै भुजा बनाउँथे आफै ढिकीमा च्युरा कुट्थे ।

त्यस्तै आफ्नै खेतको तिल पनि प्रयोगमा ल्याउथे । आफ्नै खेतको उखुबाट बनेको सक्खर प्रयोगमा ल्याउथे तर आधुनिकतासँगै सबै कुरा ‘रेडिमेट’ पाउन थालेपछि किसानले सबै कुरा बजारबाट नै खरिद गरि ल्याएर पर्व मनाउने गरेका छन् ।

साभार स्रोत-रातोपाटी बाट

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!