पुस २९ गते । खुट्टामा चरेश बाँधेर भारत गइरहेकी एक महिलालाई प्रहरीले प क्राउ गरेको छ । प क्राउ पर्नेमा रौतहटको पिपरीया परोवा नगरपालिका ९ घर भएकी ४२ वर्षीया रंजु देवी छन् ।
भारतको रक्सौलतर्फ पैदल गइरहेकी उनको साथबाट चरेश बरामद भएपछि वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाटै प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ति महिलाको साथबाट १० किलो चरेश बरामद भएको छ ।
प्रहरीका अनुसार ति महिला चरेशको प्याकेट बनाई आफ्नो ढाड र खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधेर लग्दै थिइन् । शंका लागेर चेकजाँच गर्दा चरेश भेटिएको र त्यसपछि उनलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।














Discussion about this post