nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज अस्ताउँदो सूर्यको अर्घ दिइयो, भोलि उदाँउने सूर्यलाई अर्घ दिन श्रद्धालु प्रतिक्षामा

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २४, २०७८, ९:३० मध्यान्ह
जनकपुरधाममा अस्ताउँदो सूर्यलाई अर्घ दिएर यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

जनकपुरधाम/कार्तिक २४ गते।छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । साँझ सप्तरी,सिरहा,धनुषा,महोत्तरी,बारा, पर्सा, रौतहट लगायतका जिल्लाका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न भएको छ ।व्रतालुहरू छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ चढाएका छन् । अधिकांश व्रतालुहरू रातभर जागराम बसी भजन कीर्तन गर्ने गर्दछन् । 

छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ । पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदाय लगायत मुस्लिम समुदाय एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको छ ।पारिवारिक एवं सन्तानको सुख समृद्धिको कामना गरी नियम पूर्वक मनाइने छठ पर्वको आज (बुधवार) मुख्य दिन रहेको छ । 

छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र भोलि (बिहीबार) उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वमा बाँसको ढक्की, नाङ्लो माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने व्रतालु ३ दिनसम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । 

छठ पर्वमा सूर्य भगवान् अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । यसैबिच प्रदेश २ सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बिहानबाट सुरु भएको यो पर्वमा व्रतालु मङ्गलवार दिनभरि भोकै बसेर साँझ सख्खर हालेको खिर खाएका छन् । त्यसपछि उनीहरू आज बुधवार दिनभरि भोकै बसी अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । बिहीबार बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत सम्पन्न हुनेछ । उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजासामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने मिथिलाञ्चलमा प्रचलन रहेको छ ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

शौचालयको च्याम्बरमा नवजात शिशुको शव, १९ वर्षीया महिला पक्राउ

पर्यटक भिसामा आएर धर्म प्रचार र अवैध स्वास्थ्य शिविर चलाउने १० विदेशी पक्राउ

पर्यटक भिसामा आएर धर्म प्रचार र अवैध स्वास्थ्य शिविर चलाउने १० विदेशी पक्राउ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि