nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तिहारको वास्तु : कता फर्किएर पूजा गर्ने ? के कुरामा ध्यान दिने ?

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १७, २०७८, ६:४१ मध्यान्ह
तिहारको वास्तु : कता फर्किएर पूजा गर्ने ? के कुरामा ध्यान दिने ?

तिहारको पाँच दिन गरिने विभिन्न खाले पूजाहरू कसरी र कुन दिशामा फर्किएर गर्ने ? सामान्य हुँदाहुँदै पनि यो एउटा आधारभूत समस्या हो । यसैलाई हामी तिहारको वास्तुको रुपमा मान्छौं । अर्थात्, लक्ष्मी पूजादेखि भाइटीका लगाउँदासम्म गरिने सबै खाले धार्मिक कार्यमा वास्तुलाई ध्यान दिनुपर्ने बताउँछन्, पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल ।

सामान्य भाषामा भन्दा वस्तुको सिलसिला मिलाउनु नै वास्तु हो । अर्थात्, कुनैपनि सामग्रीलाई एकअर्कासँग मिलाएर राख्नु नै वास्तु हो । पछिल्लो समय वास्तु शब्दलाई घरभित्रको आन्तरिक सज्जासँग मात्रै जोडेर संकुचित अर्थमा बुझ्ने गरिन्छ । तर ढुंगेल भन्छन्, ‘हामीले कुनै नगर बसाउनु प¥यो भने पनि यसमा वास्तुको प्रयोग हुन्छ । त्यसैले घरभित्रको सज्जा मात्रै होइन, नगर विकास लगायतका सबै खाले वस्तुको व्यवस्थित सज्जा वा निर्माण नै वास्तु हो ।’

तिहारको वास्तु

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार आउँदैछ । यमपञ्चक पनि भनिने यो पाँच दिन हुने विभिन्न पूजा आफैँमा वास्तुसँग सम्बन्धित छ । कता फर्किएर पूजा गर्ने ? कुनकुन सामग्रीले पूजा गर्ने र कुन भगवानलाई कसरी पूजा गर्ने भन्ने कुरा तिहारको वास्तु अन्तर्गत् हेर्ने गरिन्छ । तिहारमा विभिन्न दिन गरिने पूजामा ध्यान दिनु पर्ने वास्तु के–के हुन् त ? सदस्य सचिव ढुंगेल यस बारेमा भन्छन् :

धन्तेरसदेखि भाइटीकासम्मको पर्वलाई तिहार भनिन्छ । यो पर्व विशेषगरी यमराज र यमुना एवं धनकी देवी मानिने लक्ष्मीको पूजासँग सम्बन्धित छ । त्यसैले दुवै पूजामा वास्तुलाई भने ध्यान दिनुपर्ने हुन्छ । यम पञ्चकको पहिलो दिन अर्थात् काग तिहारको दिन यमराजका प्रतीकको रुपमा कागको पूजा गरिन्छ । सोही दिन धन्तेरस अर्थात् लक्ष्मीलाई मन पर्ने सामग्रीहरु किनेर घरमा भित्र्याउने गरिन्छ । दोस्रो दिन कुकुरतिहार पर्छ । काग र कुकुरको पूजा गर्दा कुन दिशामा फर्किने भन्ने हुँदैन । यी पूजाहरु बिहान सूर्याेदयपछि जतिबेला गरे पनि हुन्छ । दिशा ज्ञान र समयको महत्व लक्ष्मीपूजाको दिन हुन्छ । लक्ष्मीपूजा सामान्यतया साँझमा गरिने पूजा हो । त्यसैले यो पश्चिमतर्फ लक्ष्मीको मूर्ति वा फोटो राखेर पूजा गर्नुपर्छ ।

पूजा गर्दा कता फर्किने ?

सदस्य सचिव ढुंगेलका अनुसार हिन्दु कर्मकाण्डमा बिहान र दिउँसोको समयमा गरिने सबैखाले पूजाहरु पूर्वी मोहोडा फर्किएर गर्ने गरिन्छ । साँझको समयमा गरिने सबै पूजाहरु पश्चिमी मोहडा फर्किएर गरिन्छ । शास्त्रअनुसार देवी देवताको पूजा गर्दा उत्तर दिशामा फर्किएर गरिन्छ । साथै, पितृ कर्महरु सबै दक्षिण दिशामा फर्किएर गरिन्छ । यसरी विधा अनुसार फरक फरक दिशा किन ? ढुंगेल भन्छन् ‘उत्तरतर्फको दिशामा देवीदेवताको वास हुन्छ भन्ने शास्त्रीय मान्यता छ, दक्षिणतर्फ पितृहरुको वास हुन्छ । त्यसैले जसको पूजा गर्ने हो, त्यही दिशातिर फर्किएर पूजा गर्ने गरिन्छ ।

जुनसुकै पूजा गर्दा चन्द्रमाको सम्मुख वा दाहिनेपट्टि पारेर गरिन्छ । त्यसैले तिहारमा भाइटीका गर्दा पनि पश्चिम वा उत्तर फर्किएर पूजा गर्नुपर्छ भन्ने मान्यता छ । तर कसैकसैले पश्चिम फर्किएर पनि पूजा गर्ने गरेको ढुंगेल बताउँछन् । कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको दिन चन्द्रमा उत्तर दिशामा हुने भएकोले शास्त्रीय मान्यता अनुसार उत्तर वा पश्चिम फर्किएर पूजा गर्नुपर्ने ढुंगेलको मत छ ।

पूजा गर्ने समयमा देवीदेवतालाई सबैभन्दा अघि राखिन्छ । पूर्वतर्फ बत्ती, पूर्वाेत्तर कुना (इसान)मा कलश राखिन्छ । लक्ष्मीपूजाको दिन लक्ष्मीको घडालाई बीचमा राखिन्छ । आग्नेय कोणमा गणेश राखिन्छ । कोहीकोहीले पूर्वाेत्तर कुनामा दियो अनि कलश राख्ने गर्छन् । भाइटीकाको दिन पहिले दियो, कलश, गणेश, यमुना, यमराज, अष्ट चिरञ्जीवी लगायतको पहिलो पूजा गरेर अनि मात्रै भाइपूजा गरिन्छ । ढुंगेल भन्छन् ‘वास्तुका अनुसार धनतरेसदेखि भाइटीकाको दिनसम्म घरको मुख्यद्वारमा स्वस्तिक चिह्न बनाउनुपर्छ । यस्तो स्वस्तिक चिह्न बेसार, अक्षता आदिको प्रयोग गरेर बनाइन्छ । यो लक्ष्मीलाई खुसी बनाउने कला हो ।’

धन्तेरसको दिन पनि दियो बाल्ने, २१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ, श्रीसूक्तको पाठ गर्ने, चाँदीको सिक्का खरिद गर्ने वा पूजा गर्ने, काँचो बेसारको टुक्रालाई पूजा गर्ने, श्रीयन्त्रको पूजा गर्ने गरिन्छ ।

साभार स्रोत-अनलाईनखबर बाट

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!