nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरका प्रवेश मल्लिकको बलिउडमा शान

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३०, २०७८, ११:४७ बिहान
जनकपुरका प्रवेश मल्लिकको बलिउडमा शान

जनकपुरधाम/असोज ३० गते।नेपाली कलाकारको सपना हुने गर्छ बलिउड र हलिउड । किनकि त्यहाँ सिर्जना हुने सामग्रीले ठूलो बजार पाउने गर्छ । बजार मात्र नभनौँ एक सर्जकको सिर्जनाले धेरैको साथ पाउने गर्छ । त्यसैले गर्दा पनि कलाका सर्जकको सपना त्यसतर्फ आकर्षित हुने गर्छ । त्यसो त केही वर्ष अगाडिसम्म पनि नेपालबाट बलिउड जाने सपना धेरैको हुन्थ्यो । त्यहाँ नेपालीमुलका उदित नारायण झा, मनिषा कोइरालालगायत स्थापित भइसकेका थिए । त्यसैले गर्दा पनि त्यहाँ पुग्ने सपना हेर्दा क्षमताले पूरा गर्न सक्ने सामर्थ्य थियो, हाम्रा कलाकारलाई । केही वर्ष अगाडि यस्तै सपना देखेका थिए, प्रवेश मल्लिकले ।

जनकपुरमा जन्मिएका प्रवेश सांगीतिक माहोलमै हुर्किए । उनले संगीतलाई सानैदेखि शिक्षासँगै ग्रहण गरे । सानैदेखि संगीतमा लगाव भए पनि प्रवेशले बाध्यताले अर्कै पेसामा गए । तर, अन्ततः उनले संगीतमै सफलता हात पारे । पछिल्लो समय उनले नेपाली फिल्म ‘संरक्षण’ र ‘फाटेको जुत्ता’मा आफ्नो संगीत र स्वर दिइसकेका छन् । यतिबेला आईएम सरी बोलको गीत चर्चामा छ, जसलाई प्रवेशले तयार पारेका हुन् । उनी बलिउडमा संघर्ष गरिरहेका छन् ।

उनले जय गंगाजल र बरेलीकी बर्फी फिल्ममा काम गरिसकेका छन् भने अब छिटै नै करण जोहरको धारमा प्रोडक्सनको एक फिल्मलाई उनलाई कम्पोजरको रूपमा सुन्न पाइनेछ भने मिल्यो भने भोकल पनि । तर, प्रवेशलाई बलिउडमा इन्ट्री गर्न त्यति सहज भने थिएन । उनले धेरै संघर्ष गरेका छन् । हामीसँग उनै प्रवेशले संघर्षको कथा खुलाएका छन् ।

संगीतमा लगाव

मेरो परिवार नै संगीतमा भएकोले गर्दा म सांगीतिक माहोलमै हुर्किंए । मेरो अभिभावक मैथली गीतसंगीतमा हुनुहुन्थ्यो । सायद त्यसैको प्रभाव हुन सक्छ । मैले पनि संगीतलाई नै जीवन बनाउने सोच बनाउन थालेँ । मैले उच्च शिक्षा हासिल गर्दैगर्दा एक नेपाली र मैथली भाषाकै दुई एल्बम पनि ल्याएँ । मुटुभरि माया, छौडा तोहरा बज्जर खस्थो र गीत घरघर के एल्बम ल्याएँ । मैथली गीतलाई त जनकपुर लगायतका स्थानमा रुचाइयो । तर, म्युजिक नेपालमार्फत ल्याएको मुटुभरि माया भने ओझेलमै पर्‍यो । त्यसपछि म अध्ययनकै सिलसिला दिल्ली गएँ । मध्यम परिवारको भएकोले गर्दा मैले म्युजिकलाई नै करियर बनाउने अवस्था त थिएन । तर, अरु काम गरे पनि म्युजिक भने छाड्न सकिन ।

दिल्लीको बसाइ र संघर्ष

सुरुवाती दिनमा रहर हुँदाहुँदै पनि मैले संगीतलाई शिक्षाको रूपमा लिन सकिन । मैले प्राविधिक शिक्षालाई परिवारको आग्रहमा अगाडि बढाएँ । तर, अन्ततः जे मनमा थियो त्यो त कहाँ जान्थ्यो र । मैले दिल्ली युनिभर्सिटीबाट संगीतमा मास्टर्स गरेँ । मैले पढ्नु त संगीत नै थियो, अन्य पढाइ त म घरको लागि पढ्दै थिएँ । सायद यसैले गर्दा होला यसमै संघर्ष गरेँ, अनि यसमै रमाएँ ।

मुम्बई यात्रा

संगीत सिक्दासिक्दै मैले केही काम पनि गरेँ । संगीत सिकाउँथे भने जिंगलहरु पनि बनाउथेँ । विवाहपछि मैले संगीतलाई निरन्तरता शिक्षकको रूपमा लिएँ । किनकी म केहि पारिवारिक दायित्वमा अल्झीए भने संगीतलाई सिकाउने तरिकाले निरन्तरता दिन थालेँ । कम्पोज नगरेको होइन, तर त्यसको कुनै अर्थ थिएन । सायद मैले आफ्नो उद्देश्य नै भुलिसकेको थिएँ । तर मेरो श्रीमतीले त्यसलाई भुलिनन् । उनैले मेरो राजीनामा लेखेर म शिक्षक रहेको स्कुललाई पठाइन् र मलाई दिल्लीबाट मुम्बई ल्याइन् । मैले पनि ५ वर्षको जागिर छाडेर मुम्बई गएँ ।

बलिउडसँग सम्पर्क

मुम्बई त पुगेँ, तर म एक्लो थिएँ । सन् २०१३ मा त्यहाँ पुगेको थिएँ । मेरो एक भाइको रिलेटिभ सन्तोष मण्डल थिए । उनी प्रकाश झाले निर्देशन गर्ने फिल्ममा सम्पादकको रूपमा कम गर्छन । उनले धेरै फिल्ममा सम्पादनको काम गरेका छन् । उनलाई एक पार्टीमा भेटेपछि मेरोबारेमा भाइले कुरा गरे । त्यति बेलात उहाँले केही भन्नु भएन । तर, जब प्रकाश झा प्रोडक्सनबाट जय गंगाजल बन्ने भयो, तब मलाइ बोलाउनु भयो ।

बलिउडमा पहिलो दिन

मुम्बई आएदेखि नै संघर्ष गरिरहेको थिएँ । दिल्लीमा त जागिर थियो । तर, यहाँ आएदेखि नै त्यस्तो केही काम थिएन । संगीतमै दिन बित्थ्यो । कहिले काहीँ आउने जिंगलले गुजारा चलाएको थिएँ । भाइमार्फत सन्तोषजीलाई भेटेको पनि दुईवर्ष भइसकेको थियो । तर, अझै फोन आएको थिएन । सन्तोषजीले फोन गरेको भनेको एक दुई महिना त फोन पनि नेटवर्क आउने ठाउँमा फुल चार्जमा राख्ने गरेको थिएँ । तर, दुई वर्षपछि मलाई जय गंगाजल बन्दै छ, आफुसँग भएका संगीत लिएर आउनु भन्ने खबर आयो । मलाई फ्लोक गीत लिएर आउनु भन्नुभएको थियो, त्यो पनि रेकर्डिङमा । तर, मसँग त्यो थिएन । अनि मैले हार्मोनियममा सामान्य स्क्र्याच बनाएर लिएर गएँ ।

प्रकाश झाको प्रोडक्सनमा गएर पनि केही समय कुरेर उहाँलाई भेट्ने अवसर पाएको थिएँ । मुम्बई इन्टरपछि आफ्नो सपनालाई मूर्तरूप दिने अवसर पाउँदै थिएँ । पहिलो भेटमै मैले उहाँलाई आफूसँग भएका केही संगीत सुनाए । त्यसपछि उहाँले मलाई तीन दिनको समयमा दिनुभयो । उहाँले मलाई केही अवस्था दिएर समय दिनुभयो । तीन दिनपछि गएर भेटेँ र मैले सुनाएका संगीतमध्ये केहीलाई उहाँले मन पराउनुभयो र मैले काम गर्ने अवसर पाएँ । उहाँले मलाई संगीतकार सलिम र सुलेमानलाई भेटाउनुभयो । उहाँले मेरो भोकललाई रुचाउनु भयो । त्यसपछि मलाई नै दुई फिल्ममा गीत गाउन दिनुभयो । त्यसपछि मेरो नेटवर्क बन्यो । त्यसपछि मलाई सानो काम त आउँथ्यो नै ठूलो काम पनि उत्तिकै गर्न थालेँे । गंगाजलको मैले जुन टेक्सरको कारण पाएको थिएँ, बरेली कि बर्फीमा ¥याप लेख्ने र गाउने मौका पनि त्यसैले गर्दा नै पाएँ ।

नेपाली गीत संगीतसँग पनि जोडिएँ

नेपाली फिल्ममा फेरि आउनुको कारण भने पुर्नेन्दु झा नै हुन् । उनले मैथली भाषामै एक सर्ट फिल्म बनाएका थिए, जसमा संगीत मेरो रहेको थियो । सायद त्यो उसलाई मन प¥यो होला, त्यसैले उहाँले फिल्म सुरु गर्ने बेलामा खोज्नु भयो । म दिल्लीमै थिएँ । पुर्नेन्दुले भेट्दा फिल्ममा होलीको गीत बनाउन भन्नुभयो । सुरुवातमा त त्यो फिक्ममा एउटा मात्र गीत थियो । तर, पछि मलाइ अन्य गीत पनि आयो । अनि त्यो फिल्ममा गरेको गीतकै कारण अर्को गीत आईएम सरि पनि पाएँ । संरक्षणमा जोडिसकेपछि कामेश्वर चौरासियासँग चिनजान भयो, पछि उहाँ फाटेको जुत्तामा अभिनय गर्नु हुने भएछ ।

त्यसपछि उहाँले नै निर्देशक निकेश खड्कालाई रिफर गर्नु भएछ । त्यसपछि फोनमा कुरा भएर मैले केही बनाएर पठाएँ । सुरुवातमा सौगात मल्ललाई नै त्यो गीत गाउन दिने कुरा थियो । तर, अन्ततः डमी आवाजलाई मन पराएपछि मैले नै गाएँ । यसका साथै उनले पछिल्लो समय फिल्म ’बिहे पास’ मा खाली छैन मेरो मन बोलको गीतमा स्वर दिएका छन् ।

यस्तै उनले बलिउडमा बरेली कि बर्फी, अगम, जबरिया जोडी, तानाशाह र कागजमा संगीतसँगै स्वर दिइसकेका छन् । उनी पछिल्लो समय पनि बलिउडमा संघर्षरत नै छन् ।स्रोत-न्युज कारखाना

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण

रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले नयाँ पार्टी खोल्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले नयाँ पार्टी खोल्दै

धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार

एक सय किलो गाँजा बरामद

धुलो प्रदुषण बढे पछि कटहरियामा माटो ओसापसारमा प्रतिबन्ध

धुलो प्रदुषण बढे पछि कटहरियामा माटो ओसापसारमा प्रतिबन्ध

लगानको बार्षिकोत्सवमा सलमान खान नयाँ ‘हेयर स्टाइल’मा

लगानको बार्षिकोत्सवमा सलमान खान नयाँ ‘हेयर स्टाइल’मा

‘धमाल’ बन्याे बलिउडको तेस्रो ठूलो हिट कमेडी फ्रेन्चाइजी

‘धमाल’ बन्याे बलिउडको तेस्रो ठूलो हिट कमेडी फ्रेन्चाइजी

बिग बोस-२० पनि सलमान खानले होस्ट गर्ने, सेप्टेम्बरवाट हुनेछ सुटिङ

बिग बोस-२० पनि सलमान खानले होस्ट गर्ने, सेप्टेम्बरवाट हुनेछ सुटिङ

एक वर्षमै थप १ हजार मेगावाट विद्युत् थप्ने लक्ष्य

एक वर्षमै थप १ हजार मेगावाट विद्युत् थप्ने लक्ष्य

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!