विशुन देव सरदार/लहान/असोज ४ गते।मैथिली जगतमा आफ्ना नाम कामाएका स्टार मोडेल महेश सेन्चुरी नयाँ भिडियोका साथ प्रस्तुत भएको देखिन्छ। उनका यो भिडियोको युट्युवमा भ्युज , लाइक र सब्सक्रइब ह्वात्तै बढिरहेको देखिन्छ ।
यो सँगै मैथिली , नेपाली , हिन्दी लगायतका स्थानीय भाषाका गितहरुमा प्रमुख पात्रको भुमिका निर्वाह गरिसकेका चर्चित पात्र ( मोडेल) महेश सेन्चुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
`चाईट्लिय ओ हमर राजा ´ नामक भिडियो बजारमा आएका छन् । मैथिली भाषाका परिचित गायक सरोज सन्त , चन्द्र नारायण सिंह ( दनुवार ) , गायिका मुनचुन देवको स्वरमा सजिएको उक्त गित सार्वजनिक भएको हो ।
लहान रेकर्डिङ्ग स्टुडियोले म्युजिक दिईएको उक्त गित युवट्युब च्यानलमा चर्चा पाएको छ । सो मैथिली टप आईट्म संङ्गको गितमा कलाकार महेश सेन्चुरी , प्रीती पासवान , चन्द्रनारायण सिंह (दनुवार) , रमेश विश्वकर्मा , कपिल दयाली लगायतका कलाकारले भुमिका निर्वाह गरेका छन् ।
सिरहाको लहान नगरपालिका वडा नम्बर – १५ घर भई हाल लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर – ४ पत्तारी बजारमा सुन चान्दी व्यबसाय गर्दै आईरहेको सेन्चुरीले मैथिली गित टुकुर टुकुर देखैची किया´,हमर दिल मे यहाँ , यहाँ के दिलमे हम ´ लगायतका दर्जनौ म्युजिक भिडियो र सर्ट मुभी सिरियलहरुमा मुख्य पात्रको रुपमा भुमिका निर्वाह गरेर चर्चामा आएका छन् । सेन्चुरी दिन दुखिको सेवा गर्न समाजसेवामा पनि सक्रिय ब्यक्ति भएको बुझिएको छ ।
हेर्नुहोस भिडियो














Discussion about this post