nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ सहित तराई मधेशका जिल्लामा धुमधामका साथ कृष्णाजन्माष्टमी मनाईदै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १५, २०७८, १२:३५ मध्यान्ह
प्रदेश २ सहित तराई मधेशका जिल्लामा धुमधामका साथ कृष्णाजन्माष्टमी मनाईदै

जनकपुरधाम/भदौ १५ गते।तराई मधेशका जिल्लामा कृष्णाजन्माष्टमीको धुमधाम छ । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट लगायतको जिल्लामा भगवान श्रीकृष्णको प्रतिमा निर्माण गरेर भव्य मेलाको आयोजना गरिदै छ ।

लगातार दोश्रो वर्ष कोरोनाले गर्दा जनकपुरधामस्थित रेल्वे स्टेशनमा कृष्णाजन्माष्टमी मेला औपचारिकतामा सीमित भएको छ । स्टेशन एरिया युवा क्लवको आयोजनामा प्रत्येक वर्ष श्रीकृष्णाजन्माष्टमी मनाउँदै आएको हो । यस वर्ष पनि कोरोनाले गर्दा भव्यता प्रदान गर्न नसकिएको आयोजकले जनाएको छ ।

यता, जनकपुरस्थित कृष्ण मन्दिरमा भव्य रुपमा कृष्णाजन्माष्टमी मनाउँदै छ । कृष्णाजन्माष्टमीको अवसरमा सोमबार बिहान कृष्ण मन्दिरमा सरसफाई कार्यक्रम गरिएको थियो । दशकौंदेखि आयोजना हुँदै आएको महोत्तरीको सुगाको कृष्णाजन्माष्टमी महोत्सव यस वर्ष पनि धुमधामका साथ मनाईंदैछ ।

सात दिन अघि नै कलशयात्रा गरि प्रारम्भ गरिएको यो महोत्सव मंगलबार समापन हुने मेला आयोजक समितिले जनाएको छ । लगभग ८० वर्ष पुर्व स्थानीय स्व.गणेश पाण्डे तथा हरिशचन्द्र पाण्डे लगायतका व्यक्तिहरुको अगुवाईमा सुरु गरिएको कृष्णाजन्माष्टमी मेला सुगावासीको लागि परम्परा नै बनेको छ । दिनहरु बित्दै जाँदा सो क्षेत्रकै उत्कृष्ट महोत्सवको रुपमा प्रख्यात बनेको छ कृष्णाजन्माष्टमी मेला ।

तर पछिल्ला वर्षहरुको तुलनामा विगत दुई वर्षदेखि कोरोना संक्रमण , लकडाउन लगायतका कारणले मेला प्रभावित भएको देखिए पनि भक्तजनहरुको आस्थामा बृद्धि नै भएको जनपा –४का वडाध्यक्ष लोकेन्द्र लाल कर्णको भनाई छ । हजारौं सुगा गाँउवासीको मात्र नभई सो क्षेत्रकै लाखौं हिन्दु धर्मावलम्बीहरुको आस्थाको पर्व कृष्णाजन्माष्टमी महोत्सव सेवा समितिले आयोजना गर्दै आएको थियो र सोही परम्परालाई स्थानीय निकायले पनि कायम राखेको अध्यक्ष कर्णको भनाई छ ।

स्थानीयवासीहरुले कृष्णाजन्माष्टमी मेलाको समय नजिकिंदै जाँदा स्वःस्फूर्त रुपमा यथासक्य चन्दा दिने र घर–घरबाट महिला पुरुष सबैले महोत्सवमा सहभागि हुने गरेको सोही गाँउ निवासी पत्रकार धिरेन्द्र रायको बताउँछन । अन्य समयमा दलीय तथा अन्य कारणले गाँउलेहरु बिच कुरा नमिलेपनि मेलाको बेला साराका सारा गाउँ नै कृष्णको भक्तिमा रमाउने गरेका छन ।

यसले कृष्णाजन्माष्टमी जन्मोत्सव सुगावासीको लागि स्नेह र सद्भावको अदभूत नमूना देखिने गरेको स्थानीयवासी शोभित झा बताउँछन् । वर्षौदेखि मेलालाई नजिकबाट नियाल्दै आएका ६५ वर्षिय झा भन्छन –‘ अब त मान्छे संग पैसा नै छैन मेला त पहिले हुन्थ्यो धनुषा महोत्तरी मात्र नभई उदयपुर सम्मका व्यापारीहरुले पसल थाप्थे , भारत बिहारबाट पसल थाप्ने तथा मेला भर्न आउनेहरुको ओइरो नई लाग्थ्यो ।’ तथापि अझै पनि यो परम्परा कायम रहनुले हिन्दुधर्मावलम्बीहरुको आस्थालाई जोगाउने कार्य समेत मेलाले गर्दै आएको सत्य कुरो कसैले नर्कान नसक्ने झाको कथन छ ।

श्री कृष्ण भगवानको लिलाको चित्रण गर्ने रासलिलाको आयोजना गरिएको छ जोकि विगत सात दिनदेखि प्रत्येक रात प्रदर्शन हुने गरेको छ । भारतको युपी राज्यको बनारसबाट आएको सो टोलीको रासलिला हेर्ने दर्शकहरुको भीड लाग्ने गरेको छ । त्यसै गरि भक्तजनहरुको मांगलाई ध्यानमा राखि भागवत वाचन कार्यक्रमको समेत आयोजना गरिएको छ ।

सोमवार भागवत वाचन कार्यक्रम समेत समापन हुने वडाध्यक्ष कर्णले जनाए । स्थानीय निकायले मेलाको जिम्मेवारी लिए यतादेखि सुगावासीहरुमा मेला प्रतिको उत्साह अझै थपिएको छ । मेला आयोजना गर्न सजिलो नभए पनि सुगावासीहरुको सहयोगी व्यवहारले मेला आयोजन समितिलाई अत्यन्तै सहज भएको अध्यक्ष कर्णले बताए ।

साभार-जनकपुर टुडे बाट

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

शौचालयको च्याम्बरमा नवजात शिशुको शव, १९ वर्षीया महिला पक्राउ

पर्यटक भिसामा आएर धर्म प्रचार र अवैध स्वास्थ्य शिविर चलाउने १० विदेशी पक्राउ

पर्यटक भिसामा आएर धर्म प्रचार र अवैध स्वास्थ्य शिविर चलाउने १० विदेशी पक्राउ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि