nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कसरी भयो श्रीकृष्णका १६ हजार गोपिनी?यस्तो छ महाभारत कथा…

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १४, २०७८, १०:५८ मध्यान्ह
कसरी भयो श्रीकृष्णका १६ हजार गोपिनी?यस्तो छ महाभारत कथा…

काठमाडौं/भदौ १४ गते।हिन्दु धर्मको पौराणिक कथा अनुसार जब जब धर्मको हानी र अधर्मको बिस्तार हुन्छ तब तब संसारको उत्थानकालागि भगवान विष्णु धर्तीमा अवतरित हुन्छन् । यसै क्रममा थुप्रै पटक श्री विष्णुका अनेकौं अवतार लिएको कथा पढ्न पाइन्छ । यिनै अवतार मध्ये श्रीकृष्ण र राम विष्णुका ति दुई अवतार हुन् जसले धर्मको स्थापना र बिस्तार गरे ।

त्रेता युगमा भगवान राम र द्वापर युगमा भगवान कृष्णको रुपमा श्री विष्णुले अवतार लिएका थिए । यीमध्ये भगवान रामले जीवनमा आदर्शको महत्व प्रमुखताका साथ स्थापित गरे । यस्तै कृष्णले एक साधारण व्यक्तिको क्षमता, आकांक्षा र परिस्थितीका अनुसार निर्णय लिने कुरालाई आफ्नो जीवनचक्रमा स्थान दिए ।

कृष्णा जन्माष्टमीको अवसरमा भगवान कृष्णका केहि रोचक कुराहरु जानौं :

१. कृष्णका १६ हजार १ सय ८ गोपिनी
श्रीकृष्णको महारासलीलाबारे त प्राय भक्तलाई थाहा छ । गोकुलमा उनले आफ्ना सबै गोपिनीसँग एकसाथ अनेक रुप धारण गरेर महारास रचाएको प्रसंग छ । पुराण अनुसार श्रीकृष्णका १६ हजार १ सय ८ गोपिनी थिए ।

२. कृष्णको १६ हजार रुपमा विवाह
एक दानव थिए, ‘नरकासुर’। जसले ‘प्रगज्योतिश्य’ नामक शहर लुटेर त्यहिँ राज्य गरेर बसेका थिए। हाल यस शहरलाई ‘आसाम’ पनि भनिन्छ। उनले स्वयं ब्रह्मदेवबाट वरदान पनि पाएका थिए कि उनको मृत्यु केवल उनकै माता ‘भूमी देवी’ को हातबाट हुनेछ। वरदानबाट उन्मत्त भएर नरकासुरले जस्तोसुकै दुष्ट काम गर्न पनि पछि पर्दैनथे। उनलाई देवजाति र स्त्रीजाति फिटिक्कै मन पर्दैनथ्यो। विशेष गरी उनले स्त्रीलाई दासी र शारीरिक सम्भोगको लागि मात्रै प्रयोग गर्ने गर्थे।

आफ्नो शक्तिप्रतिको घमण्ड र अभिमानको लतमा लागेर, नरकासुरले इन्द्रदेवलाई हराई स्वर्गलोकबाट १६,१०० स्त्रीलाई हरण गरेर ल्याए। उनले यति धेरै स्त्रीहरूलाई हरण गर्नुको उदेश्य एउटै थियो- बलात्कार! साथै नरकासुरले अदिती (ब्रह्मपुत्री) को कानको झुम्का पनि चोरेर ल्याएका थिए। देव र देवलोकको यस्तो अपमान सहन नसकी इन्द्रदेवले नरकासुरलाई हराएर १६,१०० स्त्रीहरूको कल्याण गर्न श्रीकृष्णसँग आग्रह गरे।

इन्द्रदेवको आग्रह स्वीकार गरी श्रीकृष्ण र उनकी पत्नी ‘सत्यभमा’ गरुढको सवार गरी प्रगज्योतिश्यतर्फ लागे। श्रीकृष्ण र नरकासुरको भयङ्कर युद्ध भयो। श्रीकृष्णको कुनै पनि शस्त्रअस्त्रले नरकासुरलाई कुनै असर गर्न सक्दैनथ्यो, किनभने नरकासुरलाई स्वयं ब्रह्मदेवको वरदानले रक्षा गरिरहेको थियो। श्रीकृष्णलाई थाहा थियो कि नरकासुरको वध केवल उनकै माता भूमीदेवीले मात्रै गर्न सक्छ। फेरि उनलाई यो पनि थाहा थियो कि उनकी पत्नी ‘सत्यभमा’ भूमीदेवीकै अवतार हुन्।

त्यसैले नरकासुरले प्रहार गरेको एक तीरले लागेपछि श्रीकृष्णले अचेत भएजस्तो स्वाङ पारे। आफ्ना सर्वश्रेष्ठ पतिको यस्तो हालत देखेर सत्यभमा क्रोधित भइन् र नरकासुरलाई अन्धाधुन्ध वाणको प्रहार गर्न थालिन्। तीमध्ये एक वाण नरकासुरको छातीमा रोप्पिन पुग्यो र नरकासुरको अन्त्य भयो।

अब बाँकी थियो १६,१०० स्त्रीहरूको उद्धार गर्न! श्रीकृष्णले उनीहरूको उद्धार पनि गरे, तर जब श्रीकृष्णले उनीहरूलाई आफ्नो घर फर्किन भने, तब उनीहरू घर फर्किन मानेनन्। उनीहरूलाई थाहा थियो कि कसैले हरेर लगिसकेका स्त्रीहरूलाई समाजले स्वीकार्न मान्दैन। उनीहरूको अस्तित्वमा दाग लागिसकेको थियो।

त्यसपश्चात श्रीकृष्णले उनीहरूलाई भने- “त्यसो भए, म स्वयं श्रीकृष्ण तिमीहरू १६,१०० जनासँगै विवाह गर्नेछु, तर केवल समाजमा तिमीहरूको अस्तित्व फिर्ता गर्नको लागि मात्रै। हामीबीच त्यसबाहेक अरू कुनै सम्बन्ध बन्नेछैन, तर इतिहासको पाना मेरो नामसँगै तिमीहरूको नाम र सम्मा पनि जोडिनेछ। तिमीहरूको लागि यहि मेरो वरदान भयो।”

यसै घटनापश्चात नै श्रीकृष्णका १६ हजार १ सय ८ गोपिनी भएका थिए।

३. एक पत्नी ब्रतको संकल्प
त्रेतायुगमा थुप्रै युवतीले रामसँग विवाहको वरदान मागेको कथा छ । त्यतिबेला रामले यो जन्ममा एक पत्नी ब्रतको संकल्प लिइसकेको भन्दै अर्को जन्ममा सबैसँग विवाह गरेर इच्छा अवश्य पूरा गर्ने बताएका थिए । द्वापर युगमा श्रीकृष्णको रुपमा जन्म लिएर श्रीरामले आफ्नो पूर्व जन्मको वरदानलाई सार्थक गरे भन्ने प्रसंग छ ।

४. कुनै श्रीमती निराश भएनन्
श्रीकृष्णले १६ हजार १ सय ८ नारीसंग विवाह गरे । तर अचम्मको कुरा के छ भने यतिधेरै विवाह गरेपनि श्रीकृष्णले आफ्ना कुनै पनि श्रीमतीलाई निराश गराएनन् । आफ्नो लीलाले उनी त्यति नै रुप लिएर आफ्ना १६ हजार १ सय ८ रानीसँगै बसिरहे र आफ्नो पतीब्रत धर्मको पालना गरिरहे ।

५. १ लाख ६१ हजार ८० पुत्र
यतिमात्र होइन, श्रीकृष्णका सबै श्रीमतीले १० पुत्र र एक पुत्रीलाई जन्म दिए । यसरी उनका १ लाख ६१ हजार ८० पुत्र र १६ हजार १ सय ८ पुत्री थिए ।

हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा भगवान विष्णुको मानव अवतार श्रीकृष्णका १६,१०८ गोपिनी भएको उल्लेख गरिएको छ। श्रीकृष्णको भजन कीर्तनमा पनि उनको १६ हजार गोपिनीकै व्याख्या गरिन्छ। तर प्रश्न यो छ कि ‘कसरी भयो श्रीकृष्णका १६ हजार गोपिनी?’

वास्तवमा कृष्णका मूख्य ८ पत्नीहरू थिए, त्यसैले उनलाई ‘अष्टभार्य’ भनेर पनि भनिन्छ। विभिन्न ग्रन्थहरूले ती ८ पत्नीका नामहरू भिन्नाभिन्नै देखाएका छन्, तर श्रीमद्भागवतगीतामा ८ पत्नीहरूका नाम क्रमैसँग; रुकमिणी, सत्यभमा, जम्बावती, कलिन्दी, मित्रविन्दा, नग्नजिती, भद्रा र लक्ष्मणा उल्लेख गरिएको छ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!