काठमाडौ/श्रावण ३ गते।नायिका नम्रता सापकोटा फेसनको दुनियाँमा अगाडि छिन् । कार्यक्रमको प्रकृती अनुसार पहिरन लगाउन उनी सिपालु मानिन्छिन् । डिजाइनरसँगको सहकार्यमा पहिरन रोज्ने भएका कारण पनि उनको पहिरन चर्चामा रहन्छन् ।
त्यस्तै अहिले नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चा जन्माउने सार्वजनिक घोषणा गरेपछी एका एक चर्चामा आएकी छिन । अभिनेत्रीनम्रता सापकोटाले विहे नगरीकनै बच्चा जन्माउने आफ्नो चाहना भएको बताएकी हुन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।
उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’ विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ ।
विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।
आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् । सामाजिक संजालमा उनलेआफूले भनेको कुराको भिडिओलाई पनि पोस्ट गरेकी छिन् ।
हेर्नुहोस भिडियो
Discussion about this post