nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा

सजिलो पोस्ट सजिलो पोस्ट
असार १७, २०७८, ८:२३ मध्यान्ह
अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा

पर्सा,असार १७ गते।मङगलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुबानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरूबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुबानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरूमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ । अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् । नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमिनसमेत कटान गरेको छ ।

वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँ वस्ती, निर्मल बस्ती, मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक, सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरु डुवानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती डुबानमा परेको भएपनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रह्मदेव साहले बताए । उनले बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुमा सुरक्षाकर्मीहरुले तदारुकताका साथ खटिने गरेकाले अहिलेसम्म कुनै पनि मानवीय क्षतिको घटना हुन नसकेको बताए ।

लगातारको अविरल वर्षाका कारण एरिया खोलामा आएको बाढीले वीरगञ्ज ठोरी हुलाकी सडकखण्डको गोपी बस्ती नजिकै सडकलाई क्षति पुर्याएको छ । हुलाकी सडक जोगाउन निर्माण गरिएको तटबन्ध बाढीले भत्काएकाले सो क्षति हुन गएको हो । सो खोलाको बाढीले ठोरी गाउँपालिका—१ देखि ४ सम्ममा क्षति पुर्याएको छ भने सडक सम्पर्क विच्छेद भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या परेको स्थानीयवासी सञ्जय कुमारको भनाइ छ । यसैगरी धोबिनी गाउँपालिकाको हरिहरपुर, बखरी, लङ्गडी, आसवारी, जगरनाथपुर गाउँपालिकाको मधुबासा, झाखरा, मसियानी, छिपहरमाई गाउँपालिकाको भिस्वा, जयमङ्गलपुर, झलमैहिया, मिर्जापुर, बघमरी, टिहुकी, बुडगाई, भुलुवाहीलगायत दर्जनौं गाउँ डुवानमा परेको छ भने त्यहाँका स्थानीयवासीलाई एक गाउँबाट अर्को गाउँसम्म जान समस्या परेको छ ।

यसैगरी बाढीका कारण पर्साको जीराभवानी गाउँपालिका—१ पिपराका दर्जनौ घर डुवानमा परेका छन् । अविरल वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीयवासी शङ्कर दास, किशुन महतो, जङ्गाली राय, खिचड़ी महतो, शिवशङ्कर दासलगायत १६ जनाको घर डुवानमा परेको हो । पानीले स्थानीयवासी राजकुमार दास, ब्रहमदेव दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर भत्किएको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ । बाढीबाट पीडित भएकाले स्थानीय सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गर्नुपर्ने माग गरेका छन् ।

सावधानी अपनाउन स्थानीय प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय पर्साले मङ्लबारदेखि लगातार वर्षा भइरहेकाले बाढी आउने र डुबानको समस्या भएका स्थानका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । डुबान र बाढीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति पूर्व तयारीमा जुटिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Tags: पर्सा खबर

Discussion about this post

Related Posts

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि