nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : टेकोका भरमा जलेश्वरनाथ मन्दिर

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १, २०७८, ४:४२ मध्यान्ह
महोत्तरी : टेकोका भरमा जलेश्वरनाथ मन्दिर

जलेश्वर, जेठ १ गते । शिव पुराणमा उल्लेख भएअनुसार स्वयं रुद्रद्वारा निर्मित महोत्तरीको बाबा जलेश्वरनाथ मन्दिर विगत दुई वर्षदेखि टेकोका भरमा टिकेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित पौराणिक एवं ऐतिहासिक सो बाबा मन्दिरमा पछिबाट निर्माण गरिएको बाहिरी विशाल मन्दिर बाबाको शिवलिङ्गको ठिक्क माथि भित्रपट्टिबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको जलेश्वरनाथ महादेव मन्दिर समितिका अध्यक्ष अमरदीप साहले बताए ।

उनले दुई वर्षपहिले २०७५ सालमा अचानक एक दिन बाबा मन्दिरको भित्रीभाग झुकेको देख्दा आफूले दुई फलामको टेको लगाइदिएको र सो मन्दिर अहिलेसम्म सोही टेकोका भरमा रहेको देखाउँदै बाबा मन्दिरको जीर्ण अवस्थालाई दर्शाए ।

उनले आफूले यसबारे जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई जानकारी गराउनाका साथै पटकपटक बोलाएर अवलोकनसमेत गराइदिएको बताए ।

यसका अलावा मन्दिर व्यवस्थापन समिति र नगरपालिकाको आग्रहमा विगत दुई वर्षमा पुरातत्व विभागबाट पनि चारपटक विज्ञ आएर मन्दिरको अवस्था हेरेर गएको भए पनि बाबा मन्दिरको जीर्णोद्धार तथा मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग नआएको अध्यक्ष साहले दुःखेसो पोखे ।

जलेश्वरनाथको गुफासहितको भित्री मन्दिर कहिले र कसले बनाएका बारेमा कुनै तथ्य प्रमाण छैन भने बाहिरी विशाल विसं १९९५ मा बडाहाकिम रामशमशेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठूल्ठूला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गरेको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए । सो महामन्दिर निर्माण गर्न त्यस बेलाको रु २५ हजार खर्च भएको थियो ।

महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायत वस्तुको प्रयोग गरिएको थियो । मन्दिरको आफ्नो आम्दानीको कुनै पनि स्रोत नरहेको हुँदा जीर्ण तथा ढल्ने अवस्थामा पुगेको ऐतिहासिक बाबा जलेश्वर मन्दिरको तत्काल जीर्णोद्धार र मर्मतसम्भार गरी संरक्षण, संवद्र्धन, व्यवस्थापनका लागि पनि यथोचित व्यवस्था गर्न÷गराउन सम्बन्धित सबै सरोकारवालासँग मन्दिर परिवारका साथै बाबाप्रति आस्था राख्ने सबैले जोडदार माग गरेका छन् ।–रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

भारतका नवनियुक्त शिक्षा मन्त्रीले भने, ‘जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु

भारतका नवनियुक्त शिक्षा मन्त्रीले भने, ‘जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु

अम्भु प्रसाद साह नेतृत्वको टोलीद्वारा काठमाडौंमा उच्चस्तरीय भेटघाटमा

अम्भु प्रसाद साह नेतृत्वको टोलीद्वारा काठमाडौंमा उच्चस्तरीय भेटघाटमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!