काठमाडौ,बैशाख ६ गते।भारतको राजधानी दिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ। कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेपछि दिल्ली राज्य सरकारले लकडाउन लगाएको हो।
मुख्यमन्त्री अरविन्द केजरीवालले आज सोमबार रातिदेखि अर्को सोमबार बिहानसम्मका लागि लकडाउन घोषणा गरेका छन्। यो समयमा दिल्ली छोडेर कतै नजान पनि उनले अनुरोध गरेका छन्।
लकडाउनले कोरोना नियन्त्रण नहुने बताउँदै उनले यसको गति नियन्त्रण गर्नमात्रै लकडाउन घोषणा गरिएको प्रष्ट पारे। यसबीचमा अस्पतालमा बेड थपिने र औषधि तथा अक्सिजनको पर्याप्त व्यवस्था गरिने उनले आश्वासन दिएका छन्














Discussion about this post