nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको धिरापुरमा ४० किलो चामलकै कारण घर जग्गा लिलाम

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३, २०७८, १२:५५ मध्यान्ह
महोत्तरीको धिरापुरमा ४० किलो चामलकै कारण घर जग्गा लिलाम

नविन चौधरी ,महोत्तरी।महोत्तरीमा मिटरव्याजीहरुको दादागिरी बेलाबखतमा उजागर भइरहेपनि प्रहरी प्रशासनको उदासिनता र पैसाको चलखेल गरेर मिटरव्याजीहरु गरिबहरुलाई अहिले पनि शोसन गर्दे आएको छ ।

सरकारले विना दर्ताको पैसा लेनदेन गर्न नपाइने भन्दै ऐन कानुन ल्याएको छ तर त्यही कानुनको रखबालाहरुलाई आर्थिक प्रलोभनमा पारेर मिटर व्याजीहरुको कालो धन्धा अहिले पनि जारी नै रहेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका वाडा नं १ धिरापुरमा अहिले यस्तै मिटर व्याजीको कालो कर्तुत सामुने आएको छ ।धिरापुर बस्ने तेतरी देवीले करिब ७ बर्ष पहिला गाउँकै एक जना साहु सँग आफनो बच्चाहरुको लालनपालन गर्नका लागि ४० किलो चामल सापटी लिएकी थिइन । साहुले ४० किलो चामल दिए वापत तेतरी सँग एउटा सदा कागजमा हस्ताक्षर गराए ।
पढन लेखन नजानेका तेतरी कस्तो कागजमा हस्ताक्षर गरेको थाहै पाएनन र उनी घर आए । एक बर्ष पछि तेतरी ४० किलो चामलको पैसा साहुलाई दिन जाँदा साहु जगदिश साहले २० हजार रुपैया माँग गरे र तेतरी देवीले जसोतसो रुपैया पनि दिइन ।२० हजार पैसा पाएपछि साहु जगदिश साहले तेतरीलाई तिमिले मेरो चामलको पैसा दियोै भनेर हस्ताक्षर सादा कागजमा गराउँन लगाए । अनपढ तेतरीले फेरी औंठाछाप गरिदिइन । दिनवित्दै गयो र अहिले ६ बर्ष पछि साहु जगदिश साहले तेतरी माथि ९ लाखको मुदा अदालतमा दिएका छन् ।

अदालतबाट तेतरीको घरमा कागज पुग्दा तेतरीलाई छाङ्गाबाट खसे जस्तै भयो र उनि गाउँका केही मानिसहरुलाई लिएर साहु जग्दिश साह काहँ पुगिन ।

बेइमान साहु जगदिशलाई मैले ऋण कहिले लिएको भनेर प्र्रश्न गरे । तर बेइमान महाजन जगदिशले तेतरी र गाउँका मानिसहरुलाई उल्टै थर्काएर पठाए ।

त्यस पश्चात तेतरीले गाउँमै साहु जगदिश माथि पँचायत बसाए र उक्त पँचायतमा एक लाख रकम लिएर जगदिशले मुदा फिर्ता लिने सहमति गरे ।

फेरी तेतरीले जग्दिशलाई १ लाख रकम दिए । तर उनले अदालतमा मुदा फिर्ता लिएनन बरु तेतरीको ३ कठा जग्गा कव्जा गरे ।
अहिले अदालतले समेत तेतरी माथि अन्याय गरेको छ उनी भक्कानिदै भनिन् । उनको सबै घर जग्गा निलाम गर्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको छ ।

आदेश पाए लगतै बेइमान साहु जगदिश प्रत्येक दिन घर खाली गर्न तेतरी र उनका परिवारलाई गालिगलौज गर्नुका साथै धाकधम्की दिदै आएको छ ।

तेतरी न्यायका लागी ५ दिन पहिला जिल्ला प्रशासन कार्यालय महोत्तरी पुगेकी थिइन् र महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटराईलाई उनले आफु माथि भएको अन्याय सुनाइन । न्याय पाउँने आशले तेतरी जिल्ला प्रशासन कार्यालय महोत्तरी आएपनि अहिले सम्म तेतरीले न्याय पाउँन सकेको छैन । उनी ४० किलो चामलकै कारण घर ,जग्गा सबै गुमाएकी छिन । अदालतले समेत सत्यतथ्य नबुमmेर फैसला गर्दा तेतरीलाई अहिले अदालत माथिको पनि विश्वास हटेको छ ।

आफुहरुलाई हेर्ने अब कोही नभएका कारण यो मुलुक छाडेर भारतमै गएर भिक्षा माँगेर बाँचे पनि त्यही बस्ने उनले रुदै सुनाइन ।

सरकारले प्रत्येक नागरीकलाई गास,बास र कपासको व्यवस्था गरेको दावि गर्दे आइरहेपनि तेतरी जस्तो गरिबले पेट पाल्नकै लागि घर जग्गा सबै गुमाउँनु परेको छ । अहिले तेतरी एउटै प्रश्न गर्छिन कहाँ छन सरकार ? ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

भारतका नवनियुक्त शिक्षा मन्त्रीले भने, ‘जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु

भारतका नवनियुक्त शिक्षा मन्त्रीले भने, ‘जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु

अम्भु प्रसाद साह नेतृत्वको टोलीद्वारा काठमाडौंमा उच्चस्तरीय भेटघाटमा

अम्भु प्रसाद साह नेतृत्वको टोलीद्वारा काठमाडौंमा उच्चस्तरीय भेटघाटमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!