विनय यादव/सिरहा/चैत २९ गते।सिराहाको लहानस्थित सप्तऋषि अस्पतालमा चिकित्सकको लापरबाहीले एक जना बिरामीको मृत्यु भएको छ ।सखुवानान्कारकट्टी गाउँपालिका-२ की ३५ वर्षीय रामवती यादवको आइतबार अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालकै लापरबाहीले बिरामीको मृत्यु भएको परिवारले आरोप लगाएको छ । बिरामीको मृत्यु भएपछि आफन्तहरूले घटनाको छानबिन, दोषी चिकित्सकमाथि कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति तथा अस्पतालको लाइसेन्स खारेजीको माग गर्दै अस्पतालमा नाराबाजी गरेका छन् ।
मृतकका आफन्तले घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने पनि अडान लिएका छन् । ड्याबिटीजकी बिरामी रामवती २६ चैतमा अस्पतालमा भर्ना भएकी थिइन् । बिरामीको स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले आइतबार रिफर गर्ने तयारी गरेको मृतकका छोरा कृष्ण यादवले बताए ।
‘आमाको स्वास्थ्यमा सुधार नदेखिएपछि हामीले पटक-पटक अन्य अस्पतालमा रिफर गरिदिन आग्रह गर्यौं,’ उनले भने, ‘तर, चिकित्सकले वास्ता गरेनन्, अन्तिम अवस्थामा रिफर गर्यो तर अस्पतालबाट बाहिर ल्याउँदा ल्याउँदै ज्यान गयो।’
तर, अस्पतालका चिकित्सक सन्देश रौनियारले भने बिरामीका आफन्तले भनेअनुसार नै आफूहरूले बाहिर रिफर गरिदिएको दाबी गरे । चिकित्सकहरूले उपचारमा लापर्बाही नगरेको अस्पतालको दाबी छ ।















Discussion about this post