विसुन देव सरदार/लहान/चैत्र २८ गते।भौगोलिक रुपमा सिरहाको उत्तरी क्षेत्रमा प्राकृतिक वन जङ्गलमा यति बेला सङकट साथै जिल्ला वन कार्यालयको समेत उदासीनता देखिएको छ।बन्दिपुर वन क्षेत्र , गागन वन क्षेत्र , सलहेश वन क्षेत्र , तरेगिना वन क्षेत्र लगायतका ठाउँहरुमा डढेलो र काठ तस्करी बढेको पाइएको हो।
सलहेश वन क्षेत्रमा पर्ने खुट्टी , मड्यान , मैना खोला , गागन खोला , महराजनी , पल्लसार , मोतीश्री लगायतका ठाउँबाट अवैध रुपमा सखुवा कटान तीव्र रुपमा भइरहेको छ।काचो सखुवा कटान गरेपछि साइजमा मिलाएर प्रति टोन १५ सयमा बिक्री भइरहेको खवर प्राप्त भएको छ।
सिद्धिचरण लोकमार्गको दायाँबायाँ रहेको बेल्सोत जङ्गलबाट दाउराको नाउँमा काचो सखुवा कटान गरी साधनको प्रयोगबाट दिनानुदिन तस्करी भईरहेको पत्रकार विनोद मण्डलले बताएका ।यता वन्यजन्तु चोरी शिकारी पनि नभएको होइन ।
स्थानीय विष्णुपुरकट्टी सिमलटोकी सामुदायिक वनको आपसी विवादको कारणले त्यहा रहेको सिसौ काठ एकातिर अोसारिने क्रम जारी छ ।
भने अर्कोतिर त्याँहा हजारौंको सङ्ख्यामा रहेको गौरी गाई र बँदेलको अवस्था पनि चिन्ताजनक देखिएको छ।
जिल्ला वन कार्यालयको फितलो गस्तीको कारणले वन विनाशमा सहजग्ता देखिएको हो कटान तस्कर नियन्त्रणको लागि तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।















Discussion about this post