विसुन देव सरदार/सिरहा/चैत्र २८ गते।सिरहाको सुखीपुर नगरपालिकाले आजवाट चौथो नगर महोत्सव २०७७ मनाउने जानकारी प्राप्त भएको छ।
सुखीपुर नगर सुधार समितिको आयोजनामा सुखीपुर नगरपालिकाको स्थापना दिवसको अवसरमा यस नगर क्षेत्रलाई उद्योग , व्यापार , कृषि , कला , साँस्कृतिक , साहित्य , शिक्षा , स्वास्थय , खेलकुद तथा पर्यटकीय क्षेत्रको रुपमा विकास हुने उदेश्यले उक्त महोत्सव आयोजना गरिएको नेपाली काङ्ग्रेसका नेता किरण यादवले बताए ।

स्थानीय स्तरबाट उत्पादित वस्तुहरुको बजार प्रबर्द्धन , संवद्धर्न र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने उदेश्यले आज चैत्र २८ गतेबाट चौथो नगर महोत्सव २०७७ हुन गइरहेको हुंदा उक्त महोत्सवमा अतिथिको रुपमा उपस्थिति भई शोभा बढाई दिन हुन आयोजक सुखीपुर नगर सुधार समितिका संयोजक वि पि भुवन यादव हार्दिक आमन्त्रित गर्नु भएको छ।















Discussion about this post