nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘चिया खाने त बहाना हजुर, उद्देश्य त चर्पी छिर्नु हो’

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २५, २०७७, ८:३५ मध्यान्ह
‘चिया खाने त बहाना हजुर, उद्देश्य त चर्पी छिर्नु हो’

विनय यादव/सिरहा/चैत २५ गते।ब्यस्त बजार । सर्वसाधारणको ओहोरदोहोर निकै चलिरहेको थियाे । राजमार्गमा पैदल हिँडिरहेका एक व्यक्ति हतारिँदै राजमार्ग छेउकाे सार्वजनिक शौचालयनजिक पुगे । तर, शौचालयमा ताला झुन्डिएको थियाे । अनि उनी शौचालयकाे भित्ता भिजाएर फर्किए ।  

एकछिनपछि उसैगरी हतारिँदै अर्का व्यक्ति त्यही पाइखानातिर दाैडिँदै आए । तर, शौचालय बन्द देखेपछि उनी हल्का नभई फर्के । फिर्दै गर्दा उनले नजिकका एक पसलेलाई सोधे, ‘यहाँ ट्वाइलेट छैन ?’ जवाफ आयाे, ‘छ तर बन्द । पिसाब भए त्यही भित्तामा गर्नाेस्, दिसा गर्न त होटलकाे ट्वाइलेटमा जानुपर्छ ।’ 

यति सुनेपछि ती व्यक्तिले बाटाे तताए । 

यो दृश्य मिर्चैया नगरपालिका- ६, कटारी चोकको हो, जहाँ एउटा सार्वजनिक शौचालय त छ । तर नाम मात्रकाे । ताला लगाइएकाले याे शौचालय प्रयाेगविहीन छ । अप्ठेरै परेकाे अवस्थामा यात्रुहरू होटलकाे शाैचालयतिर जानुपर्ने बाध्यता छ । कतिपय यात्रु सिधै चर्पीतिर जान अप्ठेराे लागेर चियापानी गरेपछि मात्र शाैचालयकाे प्रयाेग गर्छन् । तर, हतारमा भएका कतिपय भने हाेटलमा गएर शाैचालयका लागि अनुनयविनय गरिरहेका देखिन्छन् । ‘चिया खाने त बाहाना हजुर, उद्देश्य त चर्पी गर्नु हो’, हाेटलबाट हात टकटक्याउँदै निस्किएका शुक्रे राजवंशीले भने ।

त्यसाे त, जिल्लाका अधिकांश बजारक्षेत्रमा सार्वजनिक शौचालय व्यवस्थित नहुँदा समस्या उस्तैउस्तै छ । खुल्ला दिसामुक्त घोषणा भएको प्रदेशकै पहिलो जिल्ला हो, सिरहा । तर, जिल्लाका बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य छन् । स्थानीय सरकारले पनि याे समस्यामा खासै ध्यान दिएकाे पाइँदैन । 

‘ट्वाइलेट नभेटेपछि होटल नछिरेर बाटैमा गर्नु ?’, सिरहाको लहानमा भेटिएका सप्तरीका हरि रायले प्रश्न गरे, ‘झाडी भए त ठीकै छ, छैन भने ?’

जिल्लाका मुख्य बजारक्षेत्र लहान, मिर्चैया, सिरहा, गोलबजारजस्ता स्थानमा सार्वजनिक शौचालय व्यवस्थित नहुँदा खुला दिसामुक्तकाे नारा देखावटी मात्र बनेकाे छ । 

सिरहा सदरमुकामस्थित चन्द्रनारायण माविको शौचालयबाट शौच गरेर मूलगेट हुँदै फर्किरहेका कल्याणपुरका रोहित यादवले यहाँ सार्वजनिक शौचालय व्यवस्थित नहुँदा झाडी छिर्नुपर्ने बाध्यता रहेकाे बताए । यस्तो ब्यस्त बजारमा सार्वजनिक शौचालय देखिँदैन’, उनले भने, ‘हामी त जसाेतसाे धनाैँला, महिलाहरूका लागि साेच्नुपर्छ कि पर्दैन ?’

जिल्लाका सीमित ठाउँबाहेक सार्वजनिक शौचालय छैनन् । भएका पनि दुर्गन्धित र जीर्ण छन् । पस्नै नसक्ने, दुर्गन्धित शौचालय छन् । यात्रु, व्यापारी कोही झाडीमा त कोही चिसो, चिया तथा नास्ताको बहानामा होटल र पसलमा शौचालय प्रयोग गर्न बाध्य छन् । महिला त झनै बढी समस्यामा पर्छन् । कहिलेकाहीँ हिँड्दाहिँड्दै महिनावारी भए प्याड लगाउने तथा फेर्ने ठाउँका रूपमा उपयोग गर्न मिल्ने शौचालयको अभाव छ । भएका सार्वजनिक शौचालयमा पनि न चुकुल छन्, न त सफा ।

शौचालय अभाव शहरी समस्या हो । शहरमा मुख छोपेर जथाभावी शौच गरिरहेका देखिन्छ । झाडी, कुनाकाप्चा, खोलाका किनार तथा सडकछेउ विकल्पका रूपमा प्रयोग हुँदै आएका छन् । जसका कारण जताततै दुर्गन्ध छ । ग्रामीण भेगका अधिकांश ठाउँको हालत पनि यस्तै नै हो ।

सार्वजनिक शौचालय व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि यसमा काम भएकाे देखिँदैन । सार्वजनिक ठाउँमा शौचालयको व्यवस्थापन स्थानीय तहहरूले गर्नुपर्ने हाे तर, यसप्रति उदासीनता देखिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल बताउँछन् । ‘सार्वजनिक ठाउँमा शौचालय व्यवस्थापनजस्ता मसिना काम स्थानीय तहहरूले गर्नुपर्ने विषय हो’, उनी भन्छन्, ‘यसप्रति स्थानीय तहहरू जिम्मेवार हुनु जरुरी छ ।’

शौचालय व्यवस्थापनका लागि सम्बन्धित निकायहरूबाट पटक-पटक आग्रह हुँदा पनि स्थानीय तहले वास्ता गरेका छैनन् । ‘हामीले सक्ने पहल गर्दै आएकै हो’, जिल्ला समन्वय समिति सिरहाका अधिकृत सुजित यादवले भने, ‘तर स्थानीय तहहरूले टेर्दैनन् ।’

शिलापत्र बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि