nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टिकटक हेरेर गायिका बन्ने धुनमा मुम्बई जाँदै थिए सीतामढीबाट उद्धार गरिएका सात किशोरी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २४, २०७७, ८:०६ मध्यान्ह
भारत पुर्‍याइएका महोत्तरी भंगहाकी सातजना बालिका तथा किशोरी गिरोहको फन्दामा परेको आशंका

रोहित महतो/जनकपुरधाम,चैत २४ गते।भारतको सीतामढीबाट उद्धार गरिएका महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका ७ किशोरी तथा बालिका गायिका बन्ने अभिलाषा बोकेर भारत गएको निष्कर्षमा प्रहरी पुगेको छ । रिया पासवानलाई गायिका बनाउन उनीहरूले ६ महिना अघिदेखि योजना बनाएको र सोहीअनुसार रियालाई लिएर उनीहरू मुम्बइ हिँडेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

सधैँझैँ गएको मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न भन्दै एउटै टोलका १२ वर्षीया सीमा पासवान, १२ वर्षकै रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान बोरा र हँसिया बोकेर घरबाट निस्केका थिए । 

टिकटक देखेर गायिका बन्न मुम्बई जाने सपना

घरबाट घाँस काट्ने बहानामा मुम्बई हिँडेकी ७ जनाबीच अनौठो मित्रता छ । सबैले एकअर्काबिना रहनै नसक्ने व्यवहार देखाएको  ओरेक नेपालकी अधिकृत लीला दयाली बताउँछिन् । उनीहरूमध्ये रिया सबैका लिडर हुन् ।

‘घाँस काट्दा, अरूको जग्गामा पसेर घाँस चोर्दा पनि रिया नै अघि बढ्ने र सबै उसको पछिपछि लाग्ने रहेछन् । रिया सबैकी रोलमोडेलजस्तै हुन्,’ उनले भनिन् ‘यिनीहरूबीच दोस्ती अजिब खालको छ । एउटाले खाना खाएन भने अर्कोले पनि नखाने, छुट्टिएर बस्नै नसक्ने ।’

गीत गाउन असाध्यै रुची भएकी रियाको गायिका बन्ने सपना पूरा गर्न मुम्बई जान लागेको ती बालिका तथा किशोरीले प्रहरी तथा सेफ हाउसलाई बताएका छन् । रिया गायिका बनिसकेपछि अन्य बालिका तथा किशोरीले डान्सर बन्ने सपना बोकेका थिए । उनीहरूले इन्डियन आइडललगायतका टेलिभिजन शो र टिकटक देखेर मुम्बई पुगेपछि गायिका बन्न पाइन्छ भन्ने लागेर उता गएको रियाले बताएकी छन् ।

दयालीका अनुसार रियालाई गीत गाउनुका साथै लेख्नमा समेत उतिकै रुची छ । उनले हिन्दी गीतहरू लेखेको एउटा रजिष्टरसमेत फेला परेको छ । ‘एकदिन म सिङ्गर बनेरै छोड्छु । हामी सबैजना राम्रो लाइफस्टाइल बाँच्नेछौँ भनेर रियाले घाँस काट्न जाँदा परिकल्पना गरेकी थिइन्,’ किशोरी तथा बालिकाहरूले सेफ हाउसमा बताएका कुरा सुनाउँदै अधिकृत दयालीले थपिन् ।

रियाको यही सपना पूरा गराउन अरु ६ जना पनि मुम्बई हिँडेका हुन् । एकैपटक मुम्बई पुग्न सम्भव नरहेको भन्दै उनीहरूले संघर्ष गर्दै ३/४ वर्षसम्म त्यहाँसम्म पुग्ने योजना बनाएका थिए । रियालाई गायिका बनाउन गर्नुपर्ने जस्तोसुकै संघर्ष गर्ने दृढतासहित उनीहरू मुम्बइ यात्रा तय गरेका हुन् ।

बाँच्न र सुरु-सुरुमा अलिअलि पैसा कमाउन कसले के काम गर्ने भन्नेसमेत उनीहरूले कार्य विभाजन गरिसकेका थिए । ‘कसैले नाच्ने, कोहीले स्कुल पढाउने, कसैले भाँडा मस्काउने, कसैले खाना पकाउने भनेर कामसमेत बाँडेका रहेछन्,’ दयालीले सुनाइन् । गायिका बनिसकेपछि रियाले टिकटकका एक जना हिरोसम्म पुग्नेसमेत परिकल्पना गरेकी थिइन् ।

यद्यपि, उनीहरू भारत जानुमा अन्य व्यक्तिको समेत संलग्ना रहेको वा नरहेको भन्ने विषयमा पनि अनुसन्धान अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए ।

‘अहिलेसम्मको अनुसन्धानमा गायक बन्न आफैँ भारततिर गएको बुजिन्छ,’ उनले भने, ’अरू कसैको संलग्ना देखिएको छैन । तैपनि हामी अनुसन्धान गर्दैछौँ,’ उनले भने । उद्धार गरिएका सातै जान बालिका तथा किशोरीलाई पूर्ववत् जीवनशैलीमा फर्काउन ओरेक नेपालको सेफ हाउसमा राखेर काउन्सिलिङ भइरहेको प्रहरी निरीक्षक मिश्रले बताए ।

परिवार तथा समुदायमा समेत ओरेकका टोली पुगेर काउन्सिलिङ गरिसकेकाले चाँडै उनीहरूलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको ओरेक नेपाल महोत्तरीकी अधिकृत दयालीले जानकारी दिइन् ।

‘सेफ हाउसमा यहाँ ल्याउँदा उनीहरू धेरै डराएका थिए । कसरी घर जाने ? घर परिवार समाज, आफन्तले के भन्ला ? कुट्ला, धेरै गाली गर्लान् भनेर उनीहरू त्रसित थिए । तर, काउन्सिलिङपछि अहिले उनीहरू सामान्य अवस्थामा फर्किसकेका छन्,’ उनले भनिन् ।

सीतामढीसम्म यसरी पुगे

उनीहरू सबैजना नयाँ कपडा पहिरिएर घरबाट निस्केका थिए । खेतबारी हुँदै अर्को टोल पररिया पुगेको र त्यहाँबाट अटोरिक्सा चढेर भिठामोड नाकाबाट भारत पसेको अनुसन्धानबाट खुलेको छ । एक हजार रुपैयाँ तिरेर त्यहाँ अटोरिक्सा चढे र अटो रिक्सा चालकको सहयोगबाट बेलुकी ५ बजे उनीहरू सीमा पार गरेको उनीहरूले प्रहरीलाई बताएका छन् । सीतामढीसम्म  पुग्ने तरिका उनीहरूले अटोवालाबाटै पाएका थिए । 

‘अटोवालाले नै उनीहरूलाई हुल बाँधेर गए पुलिसले पक्रिन्छ, पालैपालो जाउ भनेर सिकाइदिएको रहेछ,’ ओरेककी अधिकृत दयालीले भनिन्, ‘उनीहरू अटोबाटै हँसिया र बोरा झाडीमा फालेर ३ जना एक पटक र चार जना अर्को खेप गरी सीमा कटेछन् ।’

बेलुकी करिब पाँच बजेतिरै उनीहरू भिठामोड बोर्डर पार भइसकेका थिए । त्यहाँबाट बस चढेर उनीहरू सीतामढीसम्म पुगे । ‘मिठामोडबाट पनि अटोरिक्सामै चढेर जाने उनीहरूले सोचेका थिए । तर, तीमध्येका केहीले अटोवालाले बेचिदिन्छन्, बलात्कार गर्छन् भन्ने डरले बसमै चढेछन्,’ दयालीले भनिन् । उनीहरूमध्ये कोहीसँग मोबाइल थिएन् । त्यसैले कोही पनि नछुटुन भनेर जहाँ जाने सबैजना सँगै जाने योजना बनाएका थिए । 

बासको टुंगो नलागेपछि उनीहरूले बसमा भेटिएका एक केटालाई बस्ने ठाउँ खोजिदिन वा उनको आफ्नै घरमा राख्न अनुरोध गरेको समेत ती किशोरी र बालिकाले प्रहरीसँग बताएका छन् । तर, केटाले दुवै व्यवस्था नगरेछि रेल्वे प्लेटफर्ममा गएर बस्न भनेपछि उनीहरू डराउँदै सीतामढी रेल्वे स्टेशनसनमा पुगेका थिए ।

बच्चा चोर भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरे

प्लेट फर्ममा एक जना महिला बच्चा बोकेर समूहमा बसिरहेकी थिइन् । ओरेककी अधिकृत दयालीका अनुसार अस्मिताले कति राम्रो बच्चा भनेर उसको गाला छोइदिएपछि बच्चाकी आमाले बच्चा चोर भनेर हल्ला गरिदिएपिछ उनीहरूको मुम्बइ यात्रामा ठेस लाग्यो ।

लगत्तै रेल्वे स्टेशनमा सयौँको भीड जम्मा भयो । त्यसपछि उनीहरू नेपाली रहेको खुल्यो । तर, उनीहरूको परिचयपत्र नभेटिएपछि बच्चा चोर भेटेको खबर रेल्वे प्रहरीम पुग्यो । ‘यिनीहरूले नेपालको भनेपछि कसैले पत्याएनन् । त्यसमध्येका एक जना फुच्चीसित चार हजार नेपाली रुपैँया र २०/२० को दुइटा नोट पनि थियो । त्यसैले यिनीहरू नेपाली रहेको प्रहरीले आइडेन्टिफाई गरे,’ दयालीले थपिन् ।

साँझ करिब आठ बजे सात जना नेपाली बालिका तथा किशोरी फेला परेको भनी रेल्वे प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई खबर गरे ।

तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उनीहरू बेपत्ता भएको खबर त्यतिबेलासम्म पुगेकै थिएन । साढे आठ बजे मात्र बालिकाहरू हराएको जानकारी भएको सशस्त्र प्रहरी प्रदेश-२ का प्रमुख सीपी गौतमले बताए । लगतै बोर्डर सिल गरी नेपाल प्रहरीको समन्वयमा सशस्त्र प्रहरीले समेत खोजी थालेको थियो ।

भारतीय एसएसबी र नेपालको सशस्त्र प्रहरीसँगको समन्वयमा बेपत्ता सातैजना बालिका तथा किशोरी भोलिपल्ट बिहान करिब ४ बजे थाहा पाएको नेपाल प्रहरी प्रदेश-२ का प्रमुख डीआइजी धीरजप्रताप सिंहले बताए ।

‘गल्ती महसुस गरिरहेका छन्’

सेफ हाउमा रहेका सातैजना बालिका तथा किशोरीले अहिले सामान्य अवस्थाझैँ कुराकानी गर्न थालेका छन् । उनीहरूले आ–आफ्ना घर परिवारसित समेत भेटेका छन् । ‘सुरुमा परिवार पनि रिसाएका थिए,  कसले लगेको थियो भनेर हामीकहाँ पनि दबाब दिएका थिए । तर यिनीहरू आफैँ गएको देखिन्छ,’ अधिकृत दयालीले भनिन्, ‘अहिले यिनीहरूले ठूलो गल्ती गरेको महसुस गरेका छन् ।’ 

शिलापत्र बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!