nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लगडी–गदियानीको दशगजामा बसोबास गर्ने भारतीय परिवारको आँगनमै छ सीमास्तम्भ

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २१, २०७७, ५:५३ मध्यान्ह
सिरहाको लगडी–गदियानीको दशगजामा बसोबास गर्ने भारतीय परिवारको आँगनमै छ सीमास्तम्भ

भरत जर्घामगर,सिरहा २१ गते।सिरहाको लगडी–गदियानीको दशगजा क्षेत्रमा २ सय ५० भारतीय परिवारको बसोबास गरेका छन् ।सिरहा नगरपालिका–२० गदियानीमा ज्ञानी मुखियाको घर छ । उनको आँगनमै सीमा स्तम्भ छ । यो नेपाल–भारत सीमा छुट्याउने २८ नम्बरको पिलर हो । मुखिया भारतको लगडी गाउँका हुन् । उनको घर पिलरदेखि भारतपट्टि पर्छ भने गाईगोरु नेपालतिर बाँध्ने गर्छन् ।

दशगजा क्षेत्रमा पुर्खादेखि बस्दै आएकाले यहाँ बस्न नहुनेबारे आफूलाई थाहा नभएको उनले बताए ।‘पहिले दशगजा ऐलानी पर्ती थियो । सीमा जोडिएका खेतवालाले बिस्तारै मास्दै गए,’ नेपालतर्फको गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब त सीमामा पिलर देखिन्छ, दशगजा देखिँदैन । दुवैतिरका बासिन्दाले पाएसम्म मिचेका छन् ।’ उनका अनुसार दशगजा मिचिएको ठाउँमा केहीले खेती गरेका छन् भने केहीले स–साना टहरा बनाएर पसल खोलेका छन् ।

सिरहाको लगडी–गदियानीस्थित दशगजा क्षेत्र अतिक्रमण गरी भारतीय नागरिकले बस्ती नै बसालेका छन् । सो ठाउँमा २ सय ५० भारतीय परिवारको बसोबास छ । उक्त बस्ती भारतको पदमा ग्राम पञ्चायतको वडा नम्बर ४ लगडी गाउँ हो । भारतीय नागरिक जयनारायण मुखियाले आफ्ना पूर्वजले नै दशगजा क्षेत्रमा बसोबास गर्दै आएको बताए । ‘कहिलेकाहीं नेपाल र भारतका प्रहरी पिलरको फोटो खिच्न आउँदा यो क्षेत्र खाली गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘फोटो लिएर गएपछि फर्केर आउँदैनन् ।’

लगडी गाउँकै कपिलदेव यादवले पनि आफूहरू पुस्तौंदेखि दशगजामै बस्दै आएको सुनाए । ‘यहाँ त घर आँगनमै जंगे पिलर छ,’ उनले भने, ‘केही महिनाअघि दुवै देशका अधिकारीले फेरि सीमास्तम्भ गाडेका छन् ।’ दुवैतिरका बासिन्दाले दशगजा मिचेर बस्ती र खेती गर्ने गरेको उनले बताए । दशगजा क्षेत्रमा भारतीय नागरिक बसोबास गर्न थालेपछि २८ नम्बरको पिलरभन्दा ६० मिटर उत्तर वर्षायाममा पानी बग्ने ठाउँलाई अहिले दशगजा भन्न थालिएको उनको भनाइ छ ।

सीमावर्ती छिमेकी गाउँका नेपाली नागरिकले पनि विभिन्न ठाउँमा दशगजा क्षेत्रमा खेती गर्दै आएका छन् । सिरहा नगरपालिका, औरही, बरियारपट्टि, नवराजपुर र भगवानपुर गाउँपालिकाको सीमावर्ती वडामा दशगजा मिचिएको छ । भारतीय प्रहरीले बोर्ड टाँगेर ठाडी बजारस्थित दशगजामै चेकपोस्ट राखेको छ ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुवै देशका नागरिकलाई दुई देशबीचको अन्तर्राष्ट्रिय सिमानाको महत्त्वबारे चेतना नभएको स्थानीय कन्हैया भट्टले बताए ।

‘केही भारतीयले नेपाली नागरिकता बनाएका छन् भने केही नेपालीले भारतीय आधार कार्ड बनाएका छन्,’ उनले भने, ‘त्यस्ता व्यक्तिको दुवैतिर जग्गाजमिन छ । खेती गर्छन् ।’ दशगजा मिचेर बसे पनि एकापसमा विवाद कहिल्यै नभएको उनले सुनाए । प्रहरी/प्रशासनको तथ्यांकअनुसार सिरहामा मुख्य २७, सहायक १९ र सानो ३४२ गरी ३८८ वटा पिलर छन् ।

सभार-कान्तिपुर अनलाईन

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!