काठमाडौ,फागुन १४ गते। गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।
यस्तै महोत्तरी जिल्ला प्रशासन कार्यालयका सह सचिव केशव प्रसाद बिमली लाई गृह मन्त्रालय मा काज सरुवा गरिएको छ भने र गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई लाई जिल्ला प्रशासन कार्यालय महोत्तरी ल्याईएको छ ।

























Discussion about this post