nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा २ वर्षअघि किनिएको कम्प्युटर शिक्षक अभावमा स्टोरहरुमा थन्किँदा कम्प्युटर कवाडी बन्दै

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १२, २०७७, ६:३६ मध्यान्ह
महोत्तरीमा २ वर्षअघि किनिएको कम्प्युटर शिक्षक अभावमा स्टोरहरुमा थन्किँदा कम्प्युटर कवाडी बन्दै

महोत्तरी,फागुन १२ गते।भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका/दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआएर लामो समयदेखि थन्किँदा खिया लाग्दै गएर अब कवाडी बन्दै गएका हुन् ।

जिल्लाको सम्सी गाउँपालिका–७ स्थित जनता माविमा दुई वर्षअघि किनिएका कम्प्युटर भण्डारण कोठा (स्टोररुम) मा थन्किएका छन् । धुलाम्य भण्डार कक्षमा राखिएका २४ कम्प्युटर प्रयोगमा आउन सकेको छैन । “नेपाल सरकारको आइसिटी कार्यक्रमअन्तर्गत विद्यालयलाई कम्प्युटर प्राप्त भएका हुन्”, विद्यालयका प्रधानाध्यापक महेश्वर राय भन्छन्, “तर शिक्षक अभावमा प्रयोगात्मक सिकाइ हुन नसक्दा लाखौँ मूल्यका कम्प्युटर बिग्रँदैछन् ।” विषय शिक्षकको प्रबन्धका लागि स्थानीय तह र जिल्लास्थित शिक्षा विकास समन्वय एकाइ कार्यालयमा समस्या राखिए पनि समाधान भने नभएको प्रअ रायको भनाइ छ । शिक्षक प्रबन्ध नै नगरी कम्प्युटर विद्यालयलाई दिने सरकारी नीति नै दोषपूर्ण भएको सम्सीका शिक्षाविद् बताउँछन् ।

पाठ्यक्रमअनुसार कक्षा ५ देखि नै कम्प्युटर विषय पठनपाठन गराइनु पर्छ । अहिले प्रयोगात्मक अभ्यास गराउने दक्ष शिक्षक नभएपछि कम्प्युटरसम्बन्धी पाठ्यपुस्तक फलाकेर झारा टार्ने काम मात्र भएको शिक्षक नै स्वीकार गर्छन् । सम्सी गाउँपालिकामा १३ सामुदायिक विद्यालय छन् । तर कुनै पनि विद्यालयमा कम्प्युटरको प्रयोगात्मक अभ्यास भने भएको छैन । विषयको महत्व नै अभ्यासमा रहेको हुँदा आपूmहरु कम्प्युटर सिकाइबाट बञ्चित रहेको यहाँका विद्यार्थीको गुनासो छ । “कम्प्युटर विद्यालयमा आउँदा ओहो अब संसारका अन्य विद्यार्थीजस्तै नयाँ प्रविधि सिक्न पाइने आसले रोमाञ्चित बन्यौँ”, कम्प्युटर आउँदाको आफ्ना सबैजसो साथीको खुशी व्यक्त गर्दै जनता मावि सम्सी–७ का कक्षा ८ की एक छात्राले भने, “तर यी त हामीलाई सिकाउन होइनन, फोहरैफोहरको थुप्रो देखिने भण्डारण कक्षमा थन्क्याउन पो ल्याइएका रहेछन् ।” 

सम्सी गाउँपालिकाका कुनै विद्यालयमा व्यवस्थापन समिति बन्न सकेको छैन । गाउँपालिकाले शिक्षामा बजेट नछुट्याउँदा अवसरबाट बञ्चित रहँदै आएका यहाँका गरिबका छोराछोरी गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएका सम्सी गाउँकै बासिन्दा स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता मोहम्मद इम्तियाज अहमदको भनाइ छ ।

सम्सीजस्तै जिल्लाकै भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरमा चार वर्षदेखि कम्प्युटर भण्डारण कक्षमा थन्किएका छन् । कम्प्युटर विषयको प्रयोगात्मक अभ्यास गराउने शिक्षक नहुँदा विद्यालयलाई प्राप्त लाखौँ मूल्यका यी सामग्री बिगँ्रदै गएका प्रधानाध्यापक श्रीराम यादव बताउछन् ।

यसैगरी जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लामा विसं २०७५ मै तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफ्नै संसदीय विकास कोषबाट १५ थान कम्प्युटर उपलब्ध गराएका थिए । अन्य निकायबाट थप सहयोग प्राप्त भएका समेत विद्यालयमा अहिले २४ थान कम्प्युटर छन् । तर यहाँ पनि विषय शिक्षकको अभावमा कम्प्युटर थन्केर रहेको प्रधानाध्यापक हरिदेव महतो बताउछन् । यीबाहेक जिल्लाका अन्य थुप्रै ठाउँमा कम्प्युटर विषय शिक्षकको अभावमा प्रयोगात्मक अभ्यास हुनसकेको छैन । आवश्यक भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनको चाँजो नै सुनिश्चित नगरी बाँडिएका कम्प्युटर अहिले त्यसै रहेका छन् ।

“कम्युटरको नाममा राज्यकोषको करोडौँ रकम प्रवाह भएको छ”, जिल्लाको भङ्गाहा–७ मेघरोलका बासिन्दा माध्यमिक विद्यालयका सेवानिवृत्त प्रधानाध्यापक चन्द्रनारायणसिंह थारू भन्छन्, “त्यो त बालुवामा पानी खन्याएकै भयो नि !” पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै कम्प्युटर बाँड्दा करोडौँ रकमका यी सामग्री अहिले कवाडी बनेका थारूको थप टिप्पणी छ । अब कम्प्युटर वितरण गरिँदा भौतिक पूर्वाधारको सुनिश्चितता गर्ने र यसअघि प्रदान गरिएका कम्प्युटर प्रयोगमा ल्याउन आवश्यक प्रबन्ध गर्ने वा प्रबन्ध हुनसक्ने ठाउँमा व्यवस्थापन गर्न राज्यले नै पहलकदमी लिनपर्ने नेपाल सरकारको शिक्षा सेवामा उपसचिव पदबाट सेवानिवृत्त भएका जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका कृष्णचन्द्र झा बताउछन् । रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!