महोत्तरी,फागुन ११ गते। महोतरीमा बेपत्ता दम्पतीको विषयमा प्रहरीले शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गर्ने कार्य तीव्र पारेको छ।शंकास्पद व्यक्तिहरुलाई बोलाएर बेपत्ता दम्पतीबारे सोधपुछ गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।
‘अनुसन्धानको लागि केही शंकास्पद व्यक्तिलाई बोलाएर सोधपुछ गरिहेका छौं’, उपरीक्षक केसीले भने, ‘पक्राउ अहिलेसम्म कसैलाई गरिएको छैन। खोजी कार्य तीव्र पारेका छौं।’
विवादित जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका पिपरा गाउँपालिका –५ सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी श्रीमती ६० वर्षीय गीतादेवी झा सोमबार राति सुतेकै ठाउँबाट बेपता भएका छन्।
राति खाना खाएर ११ बजे छुट्टाछुट्टै कोठामा सुतेका झा दम्पती बिहान ओछ्यानमा नदेखेपछि र ओछ्यान नजिक रगतका छिटा देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।
रगतको छिटाले घटना शंकास्पद बनेको र दुवै जनाको अपहरण भएको हुन सक्ने भन्दै स्थानीयले यथाशीघ्र खोजी गरिदिन बिहानैदेखि जनकपुर जलेश्वर सडक–खण्ड अवरुद्ध गरेका छन्। यद्यपि सडकको दुबै छेउबाट गाडी चलिरहेको महोत्तरीका प्रहरी उपरीक्षक केसीको भनाइ छ।झा मालपोतका अवकाश प्राप्त कर्मचारी हुन्। एक मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका झाको विपक्षीसँग केही दिनअघि विवाद भएको थियो।
साभर-नेपाल खबर डट कम बाट





















Discussion about this post