सिरहा,फागुन ५ गते।सिरहामा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ । लहान नगरपालिका-१७ एकरतिया टोल बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीया अनिषा चौधरीको करेन्ट लागेर मंगलवार बेलुका मृत्यु भएको छ ।
कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।














Discussion about this post