nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी बनौटाकी अनिताले थप दाइजो नल्याएको भन्दै घरबाट विस्थापित

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २४, २०७७, ९:३५ मध्यान्ह
महोत्तरी बनौटाकी अनिताले थप दाइजो नल्याएको भन्दै घरबाट विस्थापित

सुभाष कर्ण/जनकपुरधाम,माघ २४ गते।बलवा नगरपालिका-६ बनौटाकी २५ वर्षीया अनितादेवी साहलाई  थप दाइजो नल्याएको भन्दै घर परिवारले विस्थापित गरिदिएका छन् । घरबाट विस्थापित भएपछि साह न्याय खोज्दै विभिन्‍न संघ संस्थामा भौतारिरहेकी छन् । महिनौदेखि घरबाट शारिरीक र मानसिक यातना खेप्दै आएकी  साह दुई वर्षे बालक बोकेर न्याय माग्‍न विभिन्‍न संघ संस्थामा पुगिरहेकी हुन् । 

माइतसहित बिहीबँर जनकपुरमा पत्रकार सम्मेलन गर्दै थप दाइजो नदिइएको कारण श्रीमान मनिष साह, सासु र ससुरासमेतले महिनौदेखि कुटपिट गर्दै शारिरीक र मानसिक यातना दिंदै आएको उनले बताइन । ‘सुरुमा थप दाइजो मागेर ल्याउ भनी यातना दिन्थे, अहिले  तिमीभन्दा सुन्दर केटीसँग दोश्रो विवाह गरिसकेको छु । तिमी यहाँबाट जाउँ भन्दै कुटपिट गर्छन,’ उनले भनिन्, ‘श्रीमानले मात्र होइन सासु ससुरासमेतले हात खुट्टा बाँधेर मुखमा कपडा कोचेर कुटपिट गर्ने गर्को बताइन । उनको शरीरभरि घाउखत र निलडाम देखिन्थ्यो ।’

न्यायका लागि गएको असारमा इलाका प्रहरी कार्यालय बनौटा र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि जनता समाजवादी पार्टीका प्रदेश सांसदद्वय सुरिता साह र जानकी साहको उपस्थितिमा अबदेखि यातना नदिने सहमति भएपनि त्यो कार्यान्वयन नभएको उनले बताइन् । त्यसयता पुनः पुरानै घटना दोहोरिएपछि जिल्ला प्रहरी कार्यालयको महिला सेल र बनौटा प्रहरी कार्यालयमा उजुरी दिए पनि सुनुवाइनभएको र के भयो भनेर सोध्‍न जाँदा प्रहरीले हप्काएर पठाउने गरेको दुःखेसो उनले सुनाइन् । 

चक्रघटना गाउँपालिका पररियाका विष्णुदेव साहले तीन वर्ष अघि २०७४ साल फागुन २५ गते छोरी अनिताको बिहे गरिदिएका थिए । बिहेमा साढे १२ लाख नगद, ५ लाखको गरगहना, डेढ लाखको लत्ताकपडासहित करीब २५ लाख खर्च भएको विष्णुदेवले पत्रकारहरूसँग भने ।  बिहेको केही दिनसम्म श्रीमान श्रीमतिबीच राम्रो सम्बन्ध रहेपनि त्यसपछि थप दाइजो ल्याउन भन्दै श्रीमान मनिष, ससुरा जयनारायण र सासुले यातना दिन सुरु गरेको अनिताले बताइन । 

अनिताले भनिन्, ‘थप दाइजो मांगेर ल्याउ भन्थे । त्यो कुरा मैले माइतीसँग नमाग्दा गर्भवती रहेकै अवस्थामा घरभित्रै  रस्सीले बाँधेर कुटपिट गर्थे । छोरा जन्मेपछि पनि यातना दिन रोकेनन् । अहिले  श्रीमानले तिमीभन्दा सुन्दर केटीसँग म बिहे गरिसकेछु तिमी यहाँबाट जाउ, मलाई कसैले केही बिगार्न सक्दैन भन्छन् ।’

यातना सहन नसकेपछि  अनिताले  बुवालाई टेलिफोन गरेर बोलाइन् । बुवाकै सहयोगमा गएको असार महिनामा बनौटा स्थित प्रहरी कार्यालयमा उजुरी दिइन् । त्यहाँबाट केही सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । साउन ७ गतेका दिन सांसद्‍द्वय  जानकी साह र सुरिता साहको रोहबरमा अबदेखि कुनै यातना नदिने, नागरिकता, विवाहदर्ता र बच्चाको जन्मदर्ता बनाईदिने लिखित सहमति नै भयो । तर त्यो आजसम्म कार्यान्वयन हुन नसकेको अनिताले बताइन् । 

सहमति अनुरुप नागरिकता बनाइदिन भनेपछि घरभित्र बाँधेर कुटपिट गर्दै आएको अनिताको भनाइ छ । सहमति कार्यान्वयनका लागि बनौटा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दुवैमा उजुरी दिए पनि कुनै रेस्पोन्स नपाएको अनिताले बताइन्  । अनिताका बुवा जयनारायणले भने सहमति कार्यान्वयन र छोरीको जीवन रक्षाका लागि पटक-पटक बनौटा प्रहरी कार्यालयमा आग्रह गरेपछि त्यहाँका सइ रविन्द्र सिंहले अब यहाँबाट समस्या समाधान नहुँने भन्दै दुई साताअघि जनकपुरमा बस्‍न पठाए । 

मनिषले अनितालाई जनकपुर भ्रमरपुरा चौक नजिक डेरा लिएर राखे । डेरामा राखेको दुई दिनपछि सम्पूर्ण गरगहना र मोबाइलसमेत लिएर फरार भए । दुई सातासम्म भोखै प्यासै रहेकी श्रीमान फर्केर नआएपछि छिमेकीको मोबाइलबाट बुवालाई फोन गरेर बोलाएको अनिताले बताइन् । 

पत्रकार सम्मेलन पश्‍चात अधिवक्ता रेखा दत्तको सहयोगमा सुरक्षाका लागि ओरेक नेपालको सेफ हाउसमा अनितालाई राखिएको छ ।

घटनाबारे जानकारी माग्दा इलाका प्रहरी कार्यालय बनौटाका प्रमुख सइ रविन्द्र सिंहले आफूहरूले पटक-पटक सहमति गराउने प्रयास गरेपनि हुन सकेको बताए । उनले पछिल्लो पटक गएको साउन महिनामा एसपीकै उपस्थितिमा अबदेखि यातना नदिने भनी लिखित सहमति भएपनि त्यो सहमति कार्यान्वयन प्रयास गर्दा आफूहरूले नसककेको बताए । पारिवारिक विवाद सहमतिबाटै निकास खोजौं भनी सासु ससुरबाट टाढा बसेपछि विवाद अन्त्य हुन सोचेर केटाकेटी दुवैलाई जनकपुर गएर बस्‍न लगायौं । तर दुईपछि केटा नै त्यहाँबाट फरार भयो ।

घटना पश्‍चात केटीका बुवाले उजुरी दिए पनि केटा नै फरार भएकाले केही गर्न सकेको सइ सिंहले बताए ।

 जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले घटना बारे केही जानकारी नै नभएको बताए । 

अनिताका श्रीमानका मामा प्रदेश सांसद जानकीशरण साहलेआफूले मिलाउने प्रयास गरेपनि नमानेपछि के गर्ने भन्‍ने प्रश्‍न गरे । 

साभार-ईकागज ड्ट कम

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन सर्वोच्चको आदेश

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

रौतहटका त्रिलोकी यादवको कुस्तिमा दमदार यात्रा, दुई राष्ट्रिय स्वर्णले बढायो गौरव

रौतहटका त्रिलोकी यादवको कुस्तिमा दमदार यात्रा, दुई राष्ट्रिय स्वर्णले बढायो गौरव

रास्वपाले सार्वजनिक गर्यो ‘नागरिक करार’

यसअघिको गल्ती सच्चाउँदै रास्वपामा आए दुई नयाँ सदस्य (अन्तिम नामावली सुचीसहित)

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

चीनले जापनका २० संस्थामाथी लगायो प्रतिबन्ध

चीनले जापनका २० संस्थामाथी लगायो प्रतिबन्ध

सिंगो युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

सिंगो युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!