nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीका नागरिकको रेल चढ्ने सपना

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २१, २०७७, ८:२९ मध्यान्ह
आज जनकपुर आउन लागेक्ल रेलको बाहिरी र भित्रि रुप यस्तो छ(हेर्नुहोस तस्वीरमा)

महोत्तरी।जब चाँडै रेल सेवा सञ्चालनमा आउने खबरको चर्चा शुरु हुन्छ महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीकी ७२ वर्षीया राजकली चौधरी (यादव) को मरिसकेको मन फेरि बौरिन थाल्छ ।

पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा अब त रेल चढिन्छ कि भनेर हौसिने गर्छन् उनी । जब त्यो खबर सेलाउँदै जान्छ अनि राजकली र उनी जस्तै यहाँका स्थानीयवासीको मन पनि मर्ने गर्दछ ।

“कि कहु बौवा, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल” (के भनौ बाबु, परार नै रेल चल्ने कुरा थियो तर कुरैमा मात्रै रह्यो) भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल सेवा सञ्चालन हुने सुन्नुभएकी राजकलीले बुढेसकालले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भने,“अहु बेर आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।” (यसपाली पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझौँला कि रेल चल्यो भनेर) ।

भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास (महोत्तरी)–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर लामोदूरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा)सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । त्यसयता प्रत्येक हिउँदअघि यसपाली रेल चल्छ भन्ने कुरा चले पनि के के नपुगेको भनेर रेल चल्न नसकेपछि यसपाली पनि राजकली चौधरीलाई केही दिनभित्रै रेल चढ्न पाइने चर्चा अहिलेसम्म कुरामात्रै लागेको छ ।
राजकली चौधरीकै बुहारीहरु पूजा अधिकारी र मञ्जु यादव पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बसेका छन् ।

धनुषाको कुर्था महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेसनबाट तीन किमीभन्दा पनि नजिक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् । त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन् । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउँछन् ।

खुट्टापिपराढीकै उमेरले ९० वर्ष टेक्दै गर्नुभएका धरखन कवारी पनि रेल चल्ने कुरा चलेपछि बुढ्याँइले गाँजेको शरीर फूर्तिलो बन्ने बताउँछन् । विगतमा रेल सेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने ठूलो रहर रहेको कवारी बताउँछन् ।

विगतमा जयनगर–जनकपुर–विजलपुरा (भङ्गाहा, महोत्तरी) रेल चल्दा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जनकपुर गइएको भङ्गाहा नगरपालिका–४ पलारकी सियानकीदेवी बातरलाई झलझली सम्झना छ । “हमसभ सालोसाल मेला देख जाय छली, मुदा रेल बन्द भेला करिब २० साल भगेल, अईबीचमें एकोबेर जनकपुर नई गेली” (हामी रेल चढेर विवाहपञ्चमी मेला हेर्न प्रत्येक वर्ष जनकपुर जाने गथ्र्यौँ, तर रेल चल्न छाडेपछि भने पछिल्लो २० वर्ष जनकपुर गइएको छैन) सियानकीले भने ।

अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने करिब ५० वर्षीया सियानकीको धोको छ । पहिले जयनगर, जनकपुर हुँदै बिजलपुरासम्म चल्ने रेल २०५८ सालको वर्षात्को भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको हो ।

यसअघि विसं २०७५ यता जयनगरदेखि कुर्थासम्म रेल लिक तयार भएर चाँडै रेल चल्ने कुरा धेरैजसो अनुमानमा आएका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई बताउँछन् ।

“लिक तयार भएपछि सर्वसाधारणलाई अब रेल सञ्चालनमा आइहाल्छ भन्ने लागेको हो, तर हामीसँग रेलका इञ्जिन, डिब्बा र आवश्यक जनशक्ति केही थिएन नि ।” बितेका दुई वर्षबीच रेल सञ्चालनमा आइसक्ने स्पष्ट पार्दै भट्टराईले भने, “बल्ल यसपाली गत असोजमा रेलका इञ्जिन र डिब्बा आएका छन्, आवश्यक जनशक्ति र अन्य प्रबन्धमा हामी लागेका छौं, यसपाली भने अब आउने माघभित्र कुर्थादेखि जयनगरसम्म रेल सञ्चालनमा आउने छ ।”

यसपाली माघभित्र कुर्था–जयनगर रेल चल्ने खबरले कुर्था ओरपरका बासिन्दा उत्साहित भएका छन् । खासगरी महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीयतहका बस्तीमा आम किसान आफ्नो फसलले तत्काल बजार पाउने आसमा छन् ।

“अब हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्मको बजारमा तत्कालै पुग्नेछ” लोहारपट्टी नगरपालिका–४ का वडाअध्यक्ष जीतेन्द्र चौधरीले भने, “यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउने छ ।”

कुर्थाबाट ५/६ किलोमिटरको दूरीमा पर्ने भङ्गाहा नगरपालिकाको हरिणमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरुन्तै भारतीय बजारसम्म पुग्ने आश पालेका छन् ।

“रेल चलौक त जीवन बड आसान भजायत” (रेल चलेपछि जीवन सजिलो बन्नेछ) भङ्गाहा नगरपालिका–९ हरिनमरी सखुवाटोलका ६५ वर्षीय राजवीर यादव भन्छन्, “मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत” (तर लाग्दैछ जीवन यसै आशामा रही रहेको छ ) । तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरे पनि कुरामै सीमित भएपछि अब चलेपछि चलेछ भन्ने बुझिने यादवको भनाइ छ ।

“रेल विभागका हाकिमहरुले दुई/तीन वर्ष अघिदेखि नै रेल चाँडै चल्छ भन्दै आएका छन् तर त्यो कुरामै रह्यो” यादवकै छिमेकी राजकरण चौधरी थारुले भने, “अब कुरा पत्याउने अवस्था रहेन, रेल सञ्चालन भएपछि बुझौँला ।” तर यी गुनासाबीच रेल चलेपछि आफूहरुका राम्रा दिन आउने आशाभने चौधरीको मरेको छैन ।

पछिल्लो पटक महोत्तरीको बर्दिवासदेखि जयनगरसम्मको ६९ किलोमिटर दूरीको निर्माणधीन रेलमार्गको प्रथमखण्ड धनुषाको कुर्थादेखि जयनगरसम्मको ३४ किमी दुरीमा २०७५ कै विवाहपञ्चमी ताका रेल सञ्चालनमा आउने त्यतिखेरका रेल विभागका अधिकारीले बताएका थिए तर यसपालीको विवाहपञ्चमी ताका पनि रेल सञ्चालनमा आउन सकेन । यद्यपि, यसपाली माघभित्र रेल चल्ने विश्वास महाप्रवन्धक भट्टराईको छ ।

“रेल चल्न आवश्यक पूर्वाधार अब करिब सबै तयार भएका छन्” रेल चलाउने आन्तरिक चाँजोपाँजो मिलाइ सकिएको जानकारी दिँदै महाप्रवन्धक भट्टराई भन्छन्, “माघभित्र ब्रोडगेज रेल कुर्थाबाट जयनगरसम्म चल्छ ।”

भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दुरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दुरीमा आउने माघभित्रै रेल सञ्चालन भएपछि दोश्रो खण्ड (धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ बिजलपुरा स्टेशनसम्म) खण्डमा पनि चाँडै रेल सेवा चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कुर्थाबाट बिजलपुरासम्मका महोत्तरीमा पर्ने खुट्टापिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुराका स्टेसन भवन तयार भएका र लिक ओछ्याउने काम सम्पन्न भएको छ ।

अब अन्तिम चरणको व्यवस्थापन मिलाउन मात्र बाँकी रहेकाले थप १७ किमी (कुर्थाबाट बिजलपुरा) को सेवा यसै आर्थिक वर्षभित्र शुरु हुने भट्टराईले बताउँछन् ।

यता तेस्रो खण्ड भनिएको भङ्गाहादेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीभित्र भने काम शुरु गरिने अझै कुनै छाट देखिएको छैन । पछिल्लो पटक यसखण्डको भङ्गाहा र बर्दिवास नगरपालिका–६ र ७ (साविक किसाननगर गाबिस) को जग्गा मुआव्जा निर्धारण गरेर सोको दाबी गर्न जग्गाधनीलाई सूचना गरिए पनि धनुषाको मिथिला नगरपालिका–९ र १० (साविक बेङ्गाडावर गाबिस) र बर्दिवास–१, २ र १४ को मुआव्जा अझै निर्धारण हुन नसक्दा तेश्रो खण्डको काम अझै अन्यौलमा रहेको हो ।

यी ठाउँको मुआब्जा विवाद नटुङ्गिए समयमै काम सक्न अप्ठ्यारो हुने विभागका अधिकारीले पनि स्वीकार गरेका छन् । यद्यपि, मुआव्जा विवाद अब चाँडै सल्टिने दिशामा अघि बढेको हुँदा तेश्रो खण्डको कामले पनि चाँडै गति लिने कम्पनीले जनाएको छ ।

नेपाल भारतबीच सन् २०१० मा भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुरु गरिएको हो । यसअघि निर्माण कार्य थालिएको पाँच वर्षभित्रै रेल सेवा सञ्चालन हुने बताइए पनि यस काममा एकपछि अर्को अवरोध थपिदै जाँदा रेल सेवा सञ्चालनको काम लम्बिदै गएको हो ।

विसं १९९४ मा शुरु भएको बिजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुरधाम (धनुषा)–जयनगर (भारत) ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आवश्यक मर्मत, तालिम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिने बताए । रेल सञ्चालनका लागि कर्मचारीलाई आवश्यक पर्ने तालिमको व्यवस्था गरिने उनले जानकारी दिए।

उनले भने, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।”

भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताए । उनका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उनको भनाइ छ । कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उनले बताए ।

कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उनको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याइने उनले जानकारी दिए ।

रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले बताए ।

नेपालमा राणा शासनका समयमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासँगै अघि बढेको हो ।

खबरहब बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!