सिरहा।मधेशमा दाइजोको कारण दिनदिनै हिंसात्मक घटना सार्वजनिक हुँदै आएको छ।दाइजोको कारण कयौ महिलाले श्रीमान सासु र ससुराबाटै ज्यान गुमाउने परेको छ। तर मधेशमा विकराल रहेको दाइजो प्रथालाई चुनौती दिँदै एक जोडीले आदर्श विवाह गरेका छन्।
सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं-१ गाउँ सनचिरैया को महेश्वर मंडल को सुपुत्र मनिस कुमार मण्डल र धनुषा जिल्लाको कमला नगरपालिका घर दुबरकोठ भएको कामेश्वर मंडलकी सुपुत्री रंगीला मंडल बन्धनमा बाँधिएका हुन्।
मनिस मंडल र रंगीला मंडल को विवाह हिजो मंगलबार जानकी मन्दिर मा सम्पन्न भएको हो।दहेज प्रथालाई परास्त गर्न आफूले आफ्नो छोराको आदर्श विवाह गरेको मंडल ले बताए।दाइजो प्रथा विकृति र अपराध रहेको भन्दै यसलाई हटाउन सबैले साहस गर्नुपर्ने पनि उनले बताए।














Discussion about this post