महोत्तरी।महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।बलवा नगरपालिका १ बन्चौरी बस्ने राअशिष साहकी २६ वर्षीया श्रीमती सुनिता देवी साहको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ जनकपुरबाट महोत्तरीको भ्रमरपुरा तर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प २५४३ नम्बरको मोटरसाइकलले पिपरा गाउँपालिका ६ मा पैदल हिँडिरहेको अवस्थामा साहलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते उनकोको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।प्रहरीका अनुसार शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post