सिरहा। सिरहाको नराह गाउँपालिका २ लामा टोलमा अबैध रुपमा गाँजा खेती जिल्ला प्रहरी कार्यालय सिरहाबाट गएको प्रहरीको टोलिले नष्ट गरेको छ।उक्त वडाको वडा एरियाहरुमा लगाएको करिब १५०० गाँजाको बोट बिरुवा फडानि गरी सोही स्थानमा आगो लगाई जलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक रोहित फुयालको कमाण्डमा १८ जनाको प्रहरी टोली खटी अबैध रुपमा गाँजा खेती नष्ट गरेको हो।



Discussion about this post