nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ कार्तिक १०, सोमबार १७:०९
बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

जनकपुरधाम । बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा जतरा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ ।

मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरूपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने चलन रहेको छ । यस अवसरमा गाउँघरमा भगवती दुर्गाको माटोको प्रतिमा बनाएर श्रद्धापूर्वक पूजापाठ गरी मेला लगाइने गरिन्छ ।

भगवती दुर्गा नौ दिनसम्म माइती आउने र दशमीका दिन विदा भई ससुराली जाने गर्छिन् भन्ने मान्यता मिथिला, बङ्गाल र आसाममामा रहेको पाइन्छ । यसकारण माटोको दुर्गाको प्रतिमा बनाई पूजा गरिने स्थानमा दुबो, धान, सुपारी र बेसारले खोइँछ भरेर यात्राका दिन भगवती दुर्गालाई विदाइ (विसर्जन) गरिने चलन रहेको छ ।

मिथिला क्षेत्र तन्त्र, मन्त्र, टुनामुना, साधना आदिका लागि पनि विख्यात रहेको छ । यस शारदीय नवरात्रको अवधिमा तन्त्र, मन्त्र, टुनामुना र साधनाका क्षेत्रमा उन्मुख हुन चाहने जिज्ञासुका लागि प्रशस्त मानिन्छ । मैथिली भाषामा यस विद्यालाई गुनमन्तर सीखब (मन्त्र सिक्ने) भनिन्छ ।

यस्तै अकाल मत्यु भएका तथा मोक्ष प्राप्ति गरिनसकेका आत्माहरू डुलिरहने तथा तिनीहरूले समाजमा दुःख दिन मान्यता रहेअनुसार तिनीहरूको प्रकोपबाट रक्षाका लागि ढोल बजाइने परम्परा पनि रहेको छ । यसरी ढोल बजाइनुलाई डगहर देव भनिन्छ । यसबाट दुष्टात्माको प्रकोप समाजमा नपर्ने मान्यता रहेको पाइन्छ ।

दशमीका दिन दशओटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभ कार्य गर्न प्रशस्त मानिन्छ । यस दिन जुनसुकै दिशातर्फ यात्रा गर्दा मुहूर्त विचार गरिरहनु नपर्ने भनिन्छ ।

यात्राका दिन भगवतीको प्रसादस्वरूप जयन्ती धारण गर्ने तथा पुरोहितले यजमानलाई जयन्ती लगाएर आशीर्वाद प्रदान गर्ने प्रचलन रहेको छ । यस दिन नीलकण्ठ चराको दर्शन शुभ मानिन्छ । यसका लागि नीलकण्ठ चराको गुँड रहेको रूखलाई पहिले नै ठम्याएर राखिने गरिन्छ । यात्राका दिन आस्थावानहरू कागज, कलम लिएर नीलकण्ठ चरालाई उडाएर दर्शन गरी त्यस स्थानमा केही श्लोक कागजमा लेख्ने परम्परा पनि रहेको छ ।

यस्तै भगवान् रामले दुर्गा भगवतीको आराधना गरी दशमीकै दिन रावण बध गर्न सफल भएकाले यस दिनलाई विजया दशमी पनि भनिएको मान्यताअनुसार प्रतीकात्मक रावण बध गर्ने चलन रहेको छ । रासस

Tags: दशै

Discussion about this post

Related Posts

धनुषामा मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिका बला त्कारको आरोपमा ७५ वर्षीय साधु प क्राउ

एक ११ वर्षीया बालिकालाई जब रजस्ती करणी , आरोपमा एक युवक पक्राउ

सप्तरीको बोदे बर्साईनमा स्थानीय कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

सप्तरीको बोदे बर्साईनमा स्थानीय कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

श्वास फेर्ने समस्याबाट महोत्तरीमा एक गर्भवतीको महिलाको मृत्यु

मधेश प्रदेश : मोटरसाइकलको ठक्करबाट एक महिलाको मृ त्यु

युवकको ह त्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीद्वारा एक जना प क्राउ

युवकको ह त्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीद्वारा एक जना प क्राउ

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

धनुषामा एक युवती को लाश फेला

मधेस प्रदेश : दशगजा क्षेत्रमा ह त्या गरेको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको श व फेला

आज बागेश्वरधाम बालाजीको दर्शन गरि श्रावण ३० गते मंगलवारको राशिफल हेर्नुहोस

आज बागेश्वरधाम बालाजी को दर्शन संगै २०८० साल असोज ९ गते मंगलवार को राशिफल हेर्नुहोस

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

मैथिली कथा – हुनकर कहल ओ लाइन

मैथिली कथा – हुनकर कहल ओ लाइन

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि