काठमाडौ।आज वडादशैको सातौ दिन आज कालरात्री भगवतीको पूजा गरि घरघरमा फूलपाती भित्रयाउदैछन् । देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ।
माँ कालरात्रिकाे मंत्र
1- या देवी सर्वभूतेषु माँ कालरात्रि रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।
2- ॐ कालरात्रि देव्ये नम:
3- ॐ ऐं ह्रीं क्लीं चामुण्डाय विच्चे
घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइन्छ।
नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ।
सप्तमीका दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने गर्छन् । कृषकहरु आज खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्रयाउने गर्छन् ।
वरात्रको सातौं दिन माता दुर्गाको सातौं शक्ति कालरात्रि स्वरुपको आराधना गर्ने गरिन्छ । ब्रह्माण्ड समान तीनवटा गोल नेत्र भएकी, कपाल फिँजाएकी, कालरात्रि देवीको श्वासप्रश्वासमा पनि आगोको ज्वाला निस्कने विश्वास छ । विकराल रुप धारिणी कालरात्रि देवी घनघोर अन्धकार रात समान कालो वर्णकी छन् ।
भक्तको अभिलाषा पूरा गर्ने भएकाले कालरात्रिको अर्को नाम शुभंकरी पनि हो । चार हातमध्य दायाँतिरका दुई हातमा फलामको दण्ड र खड्ग लिएकी कालरात्रि देवीको नवरात्रको सातौं दिनमा उपासना गर्नाले ब्रह्माण्ड विजय गर्न सक्ने सामथ्र्य साधकमा आउने विश्वास गरिन्छ । कालरात्रिको वाहन गधा हो । नवरात्रको सातौ दिनमा विशुद्ध चित्तवाला साधकले कालरात्रिको उपासना गर्नुपर्छ ।
यस दिनमा सहस्रार चक्रमा ध्यान गर्ने साधकले अतुलनीय शक्ति प्राप्त गर्छ । व्यापारमा सफलता प्राप्त गर्न, शत्रुमाथि विजय पाउन, गुमेको धन प्राप्त गर्न, कुण्ठा निवारण गर्न पनि कालरात्रिको उपासना ब्रह्मास्त्र सावित हुने विश्वास गरिन्छ । भक्तको अभिलाषा पूरा गर्ने कालरात्रिले भक्तलाई विजयी बनाउने शास्त्रीय मान्यता छ । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान सहस्रार चक्रमा केन्द्रित हुन्छ ।
घटस्थापनाका दिनदेखि नै दशै सुरु हुने भए पनि दशैको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ ।
फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द हुने छन् । आजबाट हिन्दु नेपालीहरु परिवारसँग बसेर दुर्गा भवानीको पूजा गरेर हर्सोल्सासका साथ दशै मनाउन जुट्ने भएका छन् ।
Discussion about this post