एजेन्सी।अमेरिकाको ओहायो राज्यमा ह्यान्ड स्यानिटाइजर बोकेर खेलिरहेकी एक ६ वर्षीया बालिकाको मुहार जलेको छ।
स्यानिटाइजरमा आगो सल्किँदा इसाबेला राउमीको मुहार जलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। आफ्ना बहिनी र साथीसँग स्यानिटाइजर बोकेर खेलिरहेकी इसाबेलाले अन्जानमा लाइटर जलाएकी थिइन।
लाइटरको आगोले स्यानिटाइजर एक्कासी बल्दा इसाबेलाको मुहार आगोले जलेको बताइएको छ। हाल उनको मुहारमा ठूलो घाउ र चोट लागेको छ।
इसाबेलाकी २९ वर्षकी आमा लारिया स्काफेनबर्गले गम्भीर हुँदै यस विषय सामाजिक सन्जालमा पोस्ट गरेकी छिन्। उनले कोरोना प्रकोपबीच हाल ह्यान्ड स्यानिटाइजर हरेक घरमा हुने बताउँदै स्यानिटाइजरलाई जथाभाजी भने राख्न नहुने बताएकी छिन्।
Discussion about this post