सिरहा।सिरहाबाट १ क्विन्टल गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका १ मनहर्वास्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षीण तर्फ आउँदै गरेको ना.५ त.१४ नम्बरको ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा ५ पोका ठुलो र २ पोका सानो प्लाष्टिकको बोरामा बेरिएको अन्दाजी एक क्विन्टल गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक सिरहाको मिर्चैया नगरपालिका–१ बस्ने १९ वर्षीय सुन्दर कापर र सह चालक सोही ठाउँ बस्ने २६ वर्षीय जितेन्द्र महतोलाई बरामद गाँजा सहित पक्राउ गरिएको छ ।
Discussion about this post