एजेन्सी।भारतीय पूर्व केन्द्रीय मन्त्री एवं राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको ७४ बर्षको उमेरमा दिल्ली स्थित एम्स अस्पतालमा आइतबार निधन भएको छ ।
हालै सिंहले जनता दलका सुप्रिमो लालु प्रसाद यादवलाई एक पत्र लेख्दै आफुले पार्टी छोडेको घोषणा गरेका थिए । चिठीको जवाफमा लालु यादवले पार्टी छोड्न नपाउने भन्दै मिलेर काम गर्ने बताएका थिए ।
सिंहको निधनमा हाल झारखण्डको जेलमा रहेका लालु यादवले मैले तपाइलाई कहिँ जानु हुदैन भनेको त तपाइँ त यति टाढा जानु भयो भन्दै आफु दुखि भएको बताएका छन् । ट्वीटरमा लालु यादवले आफु नि:शब्द भएको भन्दै तपाइँ निकै याद आउनुहुने छ भनेका छन् ।
सिंहले विहार विश्वविद्यालयबाट गणित विषयमा पिएचडी गरेका थिए । उनी भारतमा जय प्रकाश नारायणको आन्दोलनमा सहभागी भएका नेता थिए ।
उनी सन १९७७ देखि ७९ सम्म भारतको विहारको उर्जामंत्री बनेका थिए भने २००४ देखि २००९ सम्म मनमोहन सिंहको क्याबिनेटमा केन्द्रीय ग्रामिण विकास मन्त्री बनेका थिए ।
उनले भारतको लोकसभामा पाँच पटक जित हासिल गरेका थिए ।
Discussion about this post