nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बजारबाट स्यानिटाइजर किन्दा ध्यान दिनै पर्ने तीन कुरा

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २३, २०७७, ४:२८ मध्यान्ह
बजारबाट स्यानिटाइजर किन्दा ध्यान दिनै पर्ने तीन कुरा

बिबिसी । अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमणको त्रास छ।यस्तो बेलामा विश्वभरि यो रोगसँग जुध्न तीनवटा सामान्य विधि विश्व स्वास्थ्य सङ्गठन र धेरै देशका सरकारहरूले अघि सारिरहेका छन्।

नेपाल सरकारले पनि एसएमएस भनेर सामाजिक दूरी, मास्कको प्रयोग अनि बेलाबेला साबुन वा स्यानिटाइजरले हात सफा गर्न आह्वान गरिरहेको छ।

व्यक्तिगत सरसफाइलाई कोरोनाभाइरसबाट जोगिने उत्तम उपया मानिएको छ। त्यसका लागि घरभित्र बस्दा साबुनपानीको प्रयोग बढी प्रभावकारी र किफायती मानिन्छ।
तर बाहिर निस्किँदा साबुनपानी प्रयोग गर्न सम्भव नहुने हुँदा तत्काल हात सफा गर्न स्यानिटाइजर उचित मानिन्छ।

कसरी चिन्ने उपयुक्त स्यानिटाइजर?

तर के बजारमा पाइने जुनसुकै स्यानिटाइजर प्रभावकारी छन् त? यसबारे नेपालमा कुनै विस्तृत अनुसन्धान त भएको छैन तर मुख्य नियामक निकाय औषधि व्यवस्था विभागले गर्दै आएको निरीक्षण अनुगमनमा कतिपय स्यानिटाइजर गुणस्तरहीन हुनसक्ने पाइएको छ।

“यो महामारी सुरु भएपछि चैत ९ गते हामीले स्यानिटाइजरको गुणस्तरसम्बन्धी मापदण्ड बनायौँ र त्यसबमोजिम बजार अनुगमन गर्दै आएका छौँ। केही समयअगाडि १५० वटा नमुनामा परीक्षण गर्दा ३० वटा जति फेल पनि भएका पायौँ। त्यसैले सचेत भएर यसको प्रयोग गर्न जरुरी देखिन्छ,” विभागका महानिर्देशक नारायण ढकालले बताए।

उनले खासगरी तीनवटा विषयमा ध्यान दिएर मात्र स्यानिटाइजर किन्न सुझाव दिएका छन्:

अल्कोहलको मात्रा: कुनै पनि स्यानिटाइजर किन्दा त्यसको लेबल हेरेर त्यसमा अल्कोहलको मात्रा ७०-८० प्रतिशत भएको खण्डमा मात्र किन्नुपर्छ
दर्ता: नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भए वा नभएको पहिल्याउनुपर्छ
रङ्गरूप: झट्ट हेर्दा खेरि नै त्यसमा अन्य मिसावट भए वा नभएको निर्क्योल गर्नुपर्छ

कस्तो कारबाही?
चैतमा मापदण्ड लागु गरेपछि बेलाबखत विभागले निरीक्षण अनुगमन गर्दै आएको आधारमा अब भने गुणस्तरहीन स्यानिटाइजर उत्पादकहरूविरुद्ध कारबाही गर्ने तयारी भइरहेको ढकालले बताए।”मापदण्ड पालना नगरेकाहरूलाई सार्वजनिक गर्ने तयारीमा हामी छौँ,” उनले भने।

यसबीच नेपाल विज्ञान प्रविधि प्रतिष्ठानकी वैज्ञानिक डा. टिस्टा प्रसाईँ जोशीले पनि आफूहरूले गरेको प्रारम्भिक जाँचमा कतिपय स्यानिटाइजर प्रभावकारी नभएको हुनसक्ने पाइएको जनाएकी छन्।

“महामारी सुरु भएपछि नास्टकै पहलमा स्यानिटाइजर उत्पादनबारे तालिम पनि दिइएको थियो। त्यसैको पनि प्रभावकारिता हेर्नुपर्ने हुँदा हामीले ती अनि बजारका सहित कुल २१ वटा नमुना जाँच गरेका थियौँ,” उनले भनिन्।

कीटाणुविरुद्ध कति प्रभावकारी?

तर ती स्यानिटाइजरहरू सूक्ष्मजीव मार्न कति उपयोगी छन् त?
डा. टिस्टा प्रसाईँ जोशी भन्छिन्, “स्यानिटाइजरले ब्याक्टेरियालाई कत्तिको मारेको छ भनेर हेर्दा ४५ प्रतिशत (नमुना)हरू प्रभावकारी देखिएनन्।”

हुन त त्यो जाँचमा ब्याक्टेरियाको मात्र कल्चर गरेर परीक्षण गरिएको थियो। भाइरस जाँच गर्ने सुविधा भने नभएको उनले बताइन्।

उनका अनुसार बजारमा अहिले उपलब्ध स्यानिटाइजर कोरोनाभाइरस मार्न कति प्रभावकारी छन् भन्ने जान्न विस्तृत अध्ययन आवश्यक छ।

अमेरिकी नियामक निकायहरूले भाइरस मार्न सक्ने मापदण्डबारे स्पष्ट जानकारी दिइसकेको हुनाले तिनमै आधारित भएर बनाइएका मापदण्ड पालना भए/नभएको निरन्तर हेरिरहनुपर्ने उनको भनाइ छ।

“अहिलेको अवस्थामा सरसफाइबारे विशेष ध्यान दिनुपर्ने हुनाले स्यानिटाइजरको महत्त्व अत्यधिक बढिरहेको छ। यसको प्रयोगलाई प्रोत्साहन दिनैपर्छ। साथै हाम्रा नियामक निकायहरूले यसको गुणस्तर र प्रभावकारिताबारे पनि ध्यान दिइरहनुपर्छ भन्ने यसले देखाउँछ,” उनले भनिन्।

स्रोत-बिबिसी

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

जनकपुरधाममा अन्डर–१२ क्रिकेट टुर्नामेन्ट हुँदै, ट्रफी अनावरण सम्पन्न

जनकपुरधाममा अन्डर–१२ क्रिकेट टुर्नामेन्ट हुँदै, ट्रफी अनावरण सम्पन्न

व्याहुत कलवार सेवा समितिको युवा मञ्चमा नयाँ कार्यसमिति चयन

व्याहुत कलवार सेवा समितिको युवा मञ्चमा नयाँ कार्यसमिति चयन

मधेशको भुमीबाट लियो ३२५ एफको डिस्ट्रिक्ट प्रेसिडेन्टमा लियो आकाश साह निर्वाचित

मधेशको भुमीबाट लियो ३२५ एफको डिस्ट्रिक्ट प्रेसिडेन्टमा लियो आकाश साह निर्वाचित

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!