महोत्तरी । महोत्तरीबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।बुधबार राति १ बजे महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ११ पिगौना स्थित जिवछ चौधरीको घरमा जुवा तास खेली रहेको विशेष सूचनाको आधारमा ६ जनालाई नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छ्न ।
छ जनालाई २ लाख ५ हजार ३ सय १० नेपाली रुपैया तथा २ हजार ४ सय ४० भारतीय रुपैया सहित नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीले जनाएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ११ पिगौनाका ४० वर्षीय जिवछ चौधरी, वडा नं. १ का ३६ वर्षीय धर्बेन्द्र चौधरी, अरुण कुमार झा, ४९ वर्षीय विजय गुप्ता, ३७ वर्षीय जिवन साह र वडा नं. २ का १८ वर्षीय देवराज कुमार साहलाई जुवा सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ ।
लागुऔषध सहित दुई पक्राउ
बुधबारनै महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ९ पर्कौली चैक स्थितबाट दुईजना लागुऔषध सहित पक्राउ परेका छन् ।
प्रहरीको गस्ती टोलीले मोटरसाईकल चेकजाँच गर्दा जलेश्वर पिगौनाका २६ वर्षीय बिटु कुमार राय र १९ वर्षीय बजरंगी कुमार मण्डललाई लागुऔषध एक्सिप्लोन लेखिएको १०० एमएलको १५ वटा बोतल, स्पासमो प्रोक्सीवन प्लुस लेखेको क्याप्सुल ४ पिस सहित नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
Discussion about this post