काठमाडौ । १६ साउनमा १९ हजार ७७१ रहेको देशभरिको नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या भदौ १५ मा ४० हजार ५२९ पुगेको छ ।
पछिल्लो एक महिनामा नेपालमा २० हजार ७५८ जना संक्रमित थपिएका छन् ।अचम्म के छ भने यो एक महिनामा थपिएकामध्ये दुई तिहाई भन्दा बढी संक्रमित १२ वटा जिल्लाका छन् । १३ हजार ८२३ अर्थात ६६.५९ प्रतिशत संक्रमित काठमाडौं, ललितपुर, चितवन, रुपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मोरङ र सुनसरीका छन् ।
१२ वटै जिल्लामा प्रतिजिल्ला सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । त्यसमध्ये काठमाडौं, पर्सा, सर्लाही र रौतहटमा त संक्रिय संक्रमितको संख्या त्यसको दोब्बर अर्थात् १००० भन्दा बढी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अवैतनिक जनस्वास्थ्य विज्ञ सुरेश तिवारी भन्छन्, ‘यो १२ वटा जिल्ला कोरोना संक्रमण आउट ब्रेक भएको छ । संक्रमणको हटस्टप बनेका जिल्लाहरूमा संंक्रमणको चरण समुदाय स्तरमा पुगेको छ ।’
अनलाईन खबर
Discussion about this post