रौतहट,रासस। रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ ।ईशनाथ नगरपालिका-७, घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो ।
सीमावर्ती भारत, बिहार, घोडाशहन थाना क्षेत्रअन्तर्गत् लैन बंसवरिया गाउँनजिकै पोखरीछेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेलापरेको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनुभयो ।
शव परीक्षणको लागि भारत, बिहारको मोतीहारी अस्पतालमा भारतीय प्रहरीको सहयोगमा लगिएको बताइएको छ ।हत्याको कारण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ ।
ईशनाथ नगरपालिका औरैया गाउँ निवासी सञ्चारकर्मी किशोरी यादवकाअनुसार साहको पैसाको लेनदेनको कारण हत्या भएको हुनसक्छ । रासस
Discussion about this post