काठमाण्डु ।सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको शुल्क घटाउने निर्णय गरेको हो ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्तराष्ट्रिय बजारमा पिसिआर परीक्षणका लागि चाहिने किट सस्तो भएकाले शुल्क घटाइएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अब नेपालमा ४ हजार ४ सय रुपैयाँ पिसिआर परीक्षण गर्न पाइने बताए । यसअघि पाँच हजार पाँच सय रुपैयाँ परीक्षण हुँदै आएको थियो ।सँगै सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ। लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ। सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई परीक्षणको अनुमति दिएको छ । अब सबै अस्पतालले घटेको मूल्यमा पिसिआर परीक्षण गर्नुपर्ने उनले बताए ।
Discussion about this post