सुनसरी । एक हप्ता अगडि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियुको १ नम्बर बेडमा भर्ना भएका विरामीलाई कोरोना देखिएपछि उपचारमा संलग्न सबै नर्सहरुले काम छाडेर सुरक्षाको माग गर्दै आन्दोलित भएका थिए ।
संक्रमित विरामीसँग सम्पर्क भएको भन्दै आन्दोलनमा उत्रिएका नर्सहरुले पीसीआर चेक गर्नु पर्ने, क्वारेन्टिनमा राख्नु पर्ने र स्वास्थ्य सामग्रीलगायत उपलब्ध गराउनु पर्ने माग राखेका थिए ।
आन्दोलनपछि उनीहरुलाई प्रतिष्ठान व्यवस्थापन पक्षले गेष्ट हाउसमा राखेर आईसियुमा कार्यरत सबै २९ स्टाफ नर्सहरुको पीसीआर चेक गराएको थियो ।पीसीआर चेक पछी आईसियुमा कार्यरत सबै २९ स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
Discussion about this post