एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मास्कको प्रयोग समबन्धनी नयाँ नियम जारी गरेको छ । फरक फरक उमेर समुहले कस्तो मास्क लगाउने विषयमा डब्लुएचओले नयाँ निर्देशिका जारी गरेको हो ।
डब्ल्यूएचओका अनुसार ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले भने मास्क लगाउन हुँदैन।५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क लगाउदा स्वास्थ्यमा असर पर्ने भएकोले मास्क नलगाउन भनिएक हो । १२ वर्षमाथिका बालबालिकाहरूलाई भने वयस्कहरुकै जस्तै नियम लागु हुने संगठनले जनाएको छ । तर बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गर्न तथा उनीहरुको हेरविचार गर्न पर्छ।
साथै संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ । तर, ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ ।
Discussion about this post