nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

उपचार पाएपछि मोडेल तथा अभिनेत्री निशाको अनुहारमा चमक ! उनी कसरी पुगिन यस्तो अबस्थामा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३०, २०७८, ९:०३ मध्यान्ह
उपचार पाएपछि मोडेल तथा अभिनेत्री निशाको अनुहारमा चमक ! उनी कसरी पुगिन यस्तो अबस्थामा

रश्मी थापा/जेठ ३० गते।नेपाली रजतपटमा स्थापित हुने सपनाका साथ करिब आधा दशकअघि मोडलिध्र क्षेत्रमा सक्रिय मोडल तथा नायिका निशा घिमिरे अचानक जीवन र मृत्युको दोसाँधमा पुगेकी छिन् ।भोजपुरी फिल्म मधेसी पुत्र २ का साथमा डियर जिन्दगीलगायतका केही टेलिसिरियलकी अभिनेत्री तथा काठे लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन म्युजिक भिडियोकी मोडल निशाको सानैदेखि कलाकारितामार्फत नाम कमाउने सोच थियो। त्यही अभिलाषाका साथ कला क्षेत्रमा होमिएकी निशाको जीवन यतिबेला अन्धकारले ढाकेको छ।

कलाकारितामा सफलता प्राप्त गरिरहँदा यो क्षेत्रमा अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते हुन पुगिन्। उनी चढेको कारलाई विपरीत दिशाबाट आइरहेको टझकले ठक्कर दिएपछि अचेत बनेकी उनको उपचारको क्रममा होस त आयो तर, त्यो गम्भीर दुर्घटनापछि उनी न बोल्न सक्छिन्, न त हिँडडुल गर्न नै। नियमित उपचारको अभावमा उनको स्वास्थ्य दिनप्रति दिन बिग्रँदै गएको छ। भरभराउँदी उनी शारीरिक अशक्तताका कारण वृद्ध महिलाजस्ती भएकी छिन्। उनको शरीरमा हाड र छालाबाहेक केही देखिँदैन। निशाको अवस्था यति बिग्रिएको छ कि उनलाई चिन्ने जो कोहीले पनि अहिले उनलाई चिन्नै सक्दैनन्। जसका कारण भर्खरै २३ वर्ष लागेकी उनी ६०-७० वर्षकी जस्तो देखिन्छिन्। ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको छ। दुर्घटना हुनु अघिल्लो दिन मात्र घरमा फोन गरेर काम गरेको पैसा आउँदैछ भोलि केही पैसा पठाइदिन्छु घर व्यवहार चलाउनु भनेकी निशाको दुर्घटना भयो भन्ने खबर आएपछि आफूलाई पत्याउन गाह्रो भएको उनको पिता प्रेमप्रसाद घिमिरे बताउँछन्। छोरीसँग सधै कुरा हुन्थ्यो। त्यो दिन फोन नआएपछि आफैले फोन गरे। फोन उठेन, पछि उताबाट अर्कै व्यक्तिले कल गरे। तपाईं को हो निशालाई दिनुस् भने, तर ती व्यक्तिले निशा हस्पिटलमा भएको बताए। त्यहाँको प्रहरीले गरेको रहेछ। शुरुमा त पत्याउन सकिनँ । पछि बुँदै जाँदा साँच्चै रहेछु उनी भन्छन्। दुर्घटनाको खबर पाएको दुई दिनमै प्रेमप्रसाद देहरादुन पुगे। दुर्घटनामा टाउकोमा ठूलो चोट लागेको रहेछ। देहरादुनको निजी अस्पतालमा १८ दिनसम्म आईसीयूमा राखेर उपचार गरियो। दैनिक ४०-४५ हजार आईसी खर्च लाग्ने, नेपालबाट सीधै पठाउन पनि नमिल्ने रहेछ।

एक त भाषाको समस्या, अर्को खर्च धान्न गाह्रो भएपछि हामी नेपालमै लान्छौँ भनेर दिल्ली लगियो। दिल्लीको सरकारी अस्पतालमा चाहिँ उपचार गर्न सकिन्छ कि भनेर बुझियो । तर देहरादुनको अस्पतालबाट रिफर लेटर ल्याउनुपर्ने रहेछ हामीले आफैं बिरामी लिएर हिँडेकाले हामीसँग रिफर लेटर थिएन प्रेमप्रसादले सुनाए। दिल्लीबाट नेपाल ल्याएर ट्रमा सेन्टरमा भर्ना गरिएकी निशालाई साढे दुई महिना ट्रमा सेन्टर र त्यसपछि बनेपास्थित स्पाइनल इन्जरी रिह्याबिलिटेसन सेन्टरमा राखेर उपचार गरिए पनि गत वर्ष कोरोना महामारीका कारण बुध्र्मतीस्थित डेरामै ल्याएर राखिएको निशाका बाबुले बताए। छोरीले दुर्घटनाको २०-२२ दिनमा आँखा खोलेकी थिइन्। उपचारको क्रममा केही सुधार देखिए पनि डाक्टरले नियमित उपचार गरे ४-५ वर्षमा ठीक हुन्छ भन्नुभएको थियो। तर, कोरोनाका कारण हस्पिटलमा आवत–जावत गर्न समस्या भयो। आर्थिक अभावका कारण पनि हामीले डाक्टरले भनेअनुसार उपचार गर्न सकेनौं। कोरोनाका कारण एक वर्ष यता डेरामै राखेका छौँ। नियमित थेरापी गर्नुपथ्र्यो, तर आर्थिक अभाव र कोरोनाको कारण थेरापी गराउन लान सकेका छैनौँ। हालसम्म निशाको उपचारका लागि ३५ लाख खर्च भएको र केही सहयोगबाहेक अन्य खर्च जग्गा धितो राखेर र सहकारीबाट ऋण लिएर गरिरहेको प्रेमप्रसादले बताए। भारतको उपचार खर्च भएको जग्गा धितो राखेर तिरेँ। सहकारीबाट ऋण लिएर गाई फर्म खोलेको थिएँ, त्यही फर्म धितो राखेको छु। दूध बेचेर बिरामी र घर परिवारको खर्च धानिरहेको छुु प्रेमप्रसाद भन्छन्।

निशाको उपचारका लागि अभिनेत्री सपना लामिछानेले ५० हजार तथा केही कलाकर्मीहरुले व्यक्तिगत रुपमा केही रकम सहयोग गरे पनि कला क्षेत्रबाट खासै सहयोग नभएको प्रेमप्रसाद बताउँछन्। केही दिनयता कला क्षेत्रका व्यक्तिहरुले हामी सक्दो सहयोग गर्छौं भनेर फोन गरिरहनुभएको छ। जसले गर्दा छोरीको उपचारमा सहयोग पुग्नेछ भन्ने आशा पलाएको छु उनी भन्छन्। दुई वर्षअघि राष्ट्रिय संगीतकर्मी संघले एक चर्चित युट्युबमार्फत निशाको उपचारको सहयोगस्वरुप ५० हजारको चेक हस्तान्तरण गरे पनि आफू उक्त चेक साट्न जाँदा रकम नपाएको प्रेमप्रसादले बताए। उहाँहरुले दिनुभएको सुन्धारास्थित एक सहकारीको चेक साट्न जाँदा रकम दिइएन। उहाँहरुलाई भन्दा चेक राख्नुस् पछि मिलाउँला भन्नुभएको थियो। त्यसपछि हामीले फोन पनि गरेनौं। उहाँहरुले पनि गर्नुभएन के भएको हो उहाँहरु नै जान्नुहोला प्रेमप्रसादले भने।सानैदेखि कलाकार बन्ने सोच राखेकी निशाले विद्यालयका हरेक कार्यक्रममा नृत्य गरेर पुरस्कार जित्ने गरेको निशाका बुबा बताउँछन्। कलाकारिताभन्दा पनि अरु काम गरे हुन्थ्यो भन्ने घरपरिवारको सोचका बाबजुद १६ वर्षको उमेरदेखि नै कला क्षेत्रमा आएकी निशाले कला क्षेत्रबाट जति सहयोग हुनुपर्ने थियो त्यो नपाएको उनको बाबुको गुनासो छ। मैले अरु काम गरे हुन्थ्यो भन्थें। त्यही भएर उसले खेलेका भिडियोहरुबारे डराएर मलाई भन्दिनथी । भारत जाँदा पनि अर्काको देशमा गाह्रो हुन्छ भनेको थिएँ। तर, छोरीले त्यहाँ अभिनय सिकेर आयो भने नेपालमा राम्रो गर्न सकिन्छ, म डिप्लोमा गरेर नेपाल फर्किएर कला क्षेत्रमै केही गर्छु भनेर गएकी थिई। अब उसले देखेको सपना पूरा नहुन सक्छ। तर, छोरी पहिलेजस्तै नभए पनि भोक लाग्यो, तिर्खा लाग्यो भनेर बोल्न सक्ने मात्र भए पनि हाम्रो लागि खुसीको कुरा हुने थियो उनी भन्छन्। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काका अनुसार नवजीवन परोपकार समाजले बिहीबार नर्भिक अस्पताल लगेर उपचार शुरु गराएको समाजका संस्थापकमध्येका एक राधे खड्काले जानकारी गराएका छन्।

जिउँदो लाश बनेको ३ वर्षपछि नर्भिकले ग-यो निशाको उद्धार

दुर्घटनामा परेर मृत्युशै यामा छटपटाइरहेकी निशा घिमिरेको बिहीबार उद्वार गरिएको छ।निशाको अवस्थाबारे जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन्। नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा गरेको पोस्ट देखेपछि चौधरीले चासो राखी उपचार प्रवन्ध मिलाएकी हुन्।

उनलाई नर्भिक अस्पतालले एम्बुलेन्स ल्याई भर्ना गरेको छ। प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ। अस्पतालका अनुसारका मुटु, मृगौला, कलेजो, फोक्सोलगायतको उनको अंगमा ठूलो समस्या देखिएको छैन। उनको उपचारमा संलग्न चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । यो कलियुगमा पनि भगवान् हुँदा रहेछन्। मेरी छोरीलाई उद्धार गर्नेको भलो होस् निशाका बुबाले भने-छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो। अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ। उद्धारकर्ता नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन्। अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी गराएकी छिन्।

साभार-नेपाल समाचारपत्र बाट

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!