nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

योग गुरु रामदेव फेरि विवादमा, के हो विवाद ? रामदेवलाई पक्राउ गर्न डाक्टरहरुको माग

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १५, २०७८, ९:५७ बिहान
योग गुरु रामदेव फेरि विवादमा, के हो विवाद ? रामदेवलाई पक्राउ गर्न डाक्टरहरुको माग

काठमाडौं,जेठ १५ गते। भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोनाभाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् ।

हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए । साथै अक्सिजन सिलिण्डर पाउने प्रयास गरिरहेका मानिसहरुको मजाक उडाएका थिए ।

भारतको स्वास्थ्य मन्त्रालयको आलोचनापछि रामदेवले उक्त अभिव्यक्ति हटाएका थिए । यद्यपि त्यसपछि उनले आधुनिक औषधिमाथिको प्रहारलाई भने जारी राखे । उनले केही रोगमा औषधिले काम नगरेको भन्दै आधुनिक औषधिको विरोध गरेका थिए ।

भारतको स्वास्थ्य प्रणालीको लागि आधुनिक र विज्ञानमा आधारित औषधि मेरुदण्डको रुपमा रहँदै आएको छ । तर, भारतमा वैकल्पिक आयुर्वेद र होमोप्याथी पनि निकै लोकप्रिय छ । रामदेवजस्ता धेरै गुरुहरुले आयुर्वेदिक औषधि र अन्य उत्पादनहरु बिक्री गरेर राम्रो व्यवसाय पनि चलाइरहेका छन् ।

भारतमा पारम्परिक उपचार प्रणालीलाई बढावा दिन आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, युनानी चिकित्सा, सिद्ध र होमोप्याथी (आयूष) मन्त्रालय नै छ ।

भारतका चिकित्सकहरुको संगठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले महामारीको बीचमा ‘संवेदनहीन’ अभिव्यक्ति दिएको भन्दै रामदेवको आलोचना गरेको छ । चिकित्सकहरुले रामदेवको अभिव्यक्ति गैर जिम्मेवार र हतोत्साहित बनाउने किसिमको रहेको बताएका छन् ।

के हो विवाद ?

मे महिनाको शुरुआतमा रामदेवको अक्सिजन खोजिरहेका मानिसहरुमाथि मजाक गरिरहेको भिडियो भाइरल भएको थियो । अहिलेसम्म उक्त अभिव्यक्ति उनले कहिले दिएका थिए भन्ने स्पष्ट भएको छैन । यद्यपि उनले गत अप्रिल र मे महिनामा भारतका केही सहरमा अक्सिजन अभाव भएको सुनेको बताएका थिए ।

‘ईश्वरले हामीलाई निःशुल्क अक्सिजन दिएका छन्, हामीले किन त्यसलाई लिन सकिरहेका छैनौं ? ईश्वरले वायुमण्डलमा नै अक्सिजन भरेर दिएका छन् भने यसको अभाव कसरी हुन सक्छ ? मूर्खहरु अहिले अक्सिजन सिलिण्डर खोजिरहेका छन् । निःशुल्क अक्सिजन लेऊ । किन अक्सिजन छैन, बेड छैन, श्मसान छैन भनेर गुनासो गर्छौ ?’ भिडियोमा रामदेवले भनेका छन् ।

रामदेवको उक्त भिडियो भाइरल भएपछि यस विषयमा उनले यस विषयमा माफी माग्नुपर्ने आवाज उठेको थियो ।

त्यसको दुई सातापछि अर्को एक भिडियो सार्वजनिक भएको थियो । जसमा रामदेवले चिकित्सकहरुको आलोचना गर्दै कोरोनाबाट मानिसहरुको मृत्यु हुनुमा उनीहरु दोषी रहेको बताएका थिए । रामदेवले लाखौं मानिसको मृत्यु आधुनिक उपचार पद्धतिको कारण भएको बताएका थिए । उनले आधुनिक उपचार पद्धतिको अभ्यास गरेर कोरोनाको महामारीमा तामासा गरिएको बताएका थिए । उनको यो अभिव्यक्तिपछि धेरैले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै रामदेवलाई पक्राउको माग गरेका थिए ।

दबाब बढ्दै गएपछि भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले एक विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति हटाउन आग्रह गरेका थिए । अन्ततः उनले आफ्नो विवादित अभिव्यक्तिसहितको ट्वीट त हटाए तर अर्को दिन उनले एक पत्र लेख्दै आईएमएलाई आधुनिक औषधिले मधुमेह र हाइपरटेन्सनजस्ता रोग किन निको पार्न सक्दैन भन्दै पत्र लेखेका थिए ।

रामदेवको यो पत्रले मानिसहरुमा आक्रोश झनै बढायो । आईएमएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै तत्काल रामदेवले गलत सन्देश फैलाउने अभियान बन्द गर्न आग्रह गरेको थियो । साथै रामदेवलाई राजद्रोहको मुद्दामा कारबाहीको लागि पनि उक्त पत्रमा आग्रह गरिएको थियो ।

भारतीय वरिष्ठ चिकित्सक ए फताहुद्दिन बीबीसीसँगको कुराकानीमा यस किसिमको वक्तव्यको असर दीर्घकालीनरुपमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘एक वर्षभन्दा लामो समयदेखि मजस्ता स्वास्थ्यकर्मीहले युद्धजस्तै अवस्थाको सामना गरिरहेका छौं । हामीले हजारौंको ज्यान बचाएका छौं । यस किसिमको अपमानजनक र दु:खलाग्दो किसिमको वक्तव्य पढ्न पर्नु वास्तवमा नै दुर्भाग्य हो’, उनले भने ।

पक्राउको मागबारे रामदेवले के भने ?

रामदेवले आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिपछि पक्राउको चर्को दबाब आएसँगै रामदेवले आफूलाई पक्राउ गर्न सरकारलाई नै चुनौती दिएका थिए । उनले एक भिडियोमा भनेका छन्, ‘पक्राउ त स्वामी रामदेवलाई तिनीहरुको बाबुले पनि गर्न सक्दैनन् । तर, हल्ला गरिरहेका छन् कि छिटै रामदेवलाई पक्राउ गर । कहिले के हल्ला चलाउँछन्, कहिले के हल्ला चलाउँछन् । कहिले ठग रामदेव, कहिले महाठग रामदेव त कहिले गिरफ्तार रामदेव । उनीहरुले हल्ला गर्दै गर्छन् गर्न देऊ ।’

यो भिडियो सार्वजनिक भएसँगै विपक्षी कांग्रेस पार्टीका नेता गौरव गान्धीले उक्त भिडियो ट्वीट गर्दै रामदेवले सरकारलाई चुनौती दिएका छन्, अब के गर्ने सरकारको हातमा छ भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई मेन्सन गरेका छन् ।

साभार-अनलाईनखबर बाट

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!