nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारत : सरकारी आँकडाले होइन, जलिरहेको चिताले बताउँछ– कति भयावह छ कोरोना कहर

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १४, २०७८, ४:२० मध्यान्ह
भारत : सरकारी आँकडाले होइन, जलिरहेको चिताले बताउँछ– कति भयावह छ कोरोना कहर

बिबिसी/बैशाख १४ गते।मैले पहिलो पटक यति धेरै संख्यामा जलिरहेका चिता देखेको हुँ । एकै दिन दिल्लीका तीन श्मशानघाटमा यो दु:ख तथा अफसोसले भरिएको दृश्य देखियो । जुन शवहरू जलिरहेका थिए, ती सबै कोरोना भाइसकै सिकार भएकाहरू थिए ।

शनिबार मैले दिल्लीका अस्पतालमा अक्सिजन, आईसीयू बेड, भेन्टिलेटर तथा औषधिसँग जुझिरहेका संक्रमितहरू देखेको थिएँ । आखिरी सास लिइरहेका कैयौँ मानिसका आफन्तहरू आँसु बगाइरहेको देखेको थिएँ । सोमबार श्मशानघाटमा वृद्धवृद्धा, जवान तथा बलबालिका एकअर्कालाई अँगालो हालेर रोइरहेका थिए । चिता जलाउनका लागि आफ्नो पालो पर्खिरहेका मानिसहरू देखेँ । जब श्मशानघाट पनि सानो भयो, तब खुला मैदान पनि श्मशानघाट बनेको थियो, ताकि आउँदै गरेका शव जलाउन सकियोस् ।

सरकारी तथ्यांकअनुसार दिल्लीमा कोरोनाका कारण पछिल्ला दिनमा दैनिक ३ सय ५० देखि ४ सय मानिसको मृत्यु भइरहेको छ । तर, मैले तीन श्मशानघाटमा केही घण्टामै १०० भन्दा बढी चिता जलिरहेको देखेँ ।

सराय काले खाँमा रिङरोडनजिक एक विद्युतीय शवदाहगृह छ । त्यहाँ एकसाथ थुप्रै चिता जलिरहेका थिए । अर्काेतर्फ आइरहेका शवहरूको अन्तिम संस्कारको तयारी भइरहेको थियो । आफन्त तथा एम्बुलेन्सको भीड थियो । एक समयमा करिब १०-१२ शव जलाइरहेको थियो ।

अन्तिम संस्कार गराउनका लागि त्यहाँ एक पण्डित थिए, जो यति ब्यस्त थिए कि उनीसँग कुरा गर्न पनि मुस्किल थियो । मैले जब आफ्नो मोबाइलबाट भिडियो लिन खोजेँ, गर्मीका कारण फोनले काम गरेन । मैले ती पण्डितलाई सोधेँ, ‘यहाँ प्रत्येक घण्टामा कति शव आउँछन् ?’ उनले मतिर नहेरी जवाफ दिए, ‘यहाँ २४ सै घण्टा शव आइरहेका छन् । सङ्ख्या कसरी याद राख्नु ?’

केही मिनेटको अन्तरमा शव लिएर एकपछि अर्को, दोस्रोपछि तेस्रो एम्बुलेन्स भित्र आइरहेको छ । मेरे टाउको घुम्न लाग्यो । हत्या र घटनाको ‘कभर’ गरेको थिएँ तर, सामूहिक अन्तिम संस्कार पहिले देखेको थिइनँ । एकातर्फ चिताबाट निस्किएको आगोको गर्मी, अर्कातर्फ घाम अनि सिरदेखि पाउसम्म ढाकिएको पीपीईका कारण मलाई त्यहाँ बस्न मुस्किल भयो । सायद म भावुक भएँ ।

केही समयपछि म त्यहाँबाट निस्किएँ । बाहिर एक महिला रिपोर्टरले भनिन्, केही पर खुला मैदानमा श्मशानघाट बनाइँदै छ ।

त्यहाँ पुग्दा मैले देखेँ- थुप्रै मजदुरहरू खुला मैदानमा चिताका लागि २०-२५ प्लेटफर्म बनाउँदै थिए । त्यहाँ रहेका एक व्यक्तिले भने कोरोनाबाट मर्नेहरूको सङ्ख्या थप बढेमा यो आगामी दिनका लागि तयारी हो ।

लोदी रोड विद्युतीय शवदाहगृहमा भीड धेरै थियो । ठूलो सङ्ख्यामा चिताहरू जलिरहेका थिए । त्यहाँ मृत्यु हुनेहरूका आफन्त पनि थिए । एकै परिवारका सदस्यहरू एकअर्काको अँगालोमा रोइरहेका थिए ।

एम्बुलेन्स आइरहेको थियो र शवहरूलाई उतारिइरहेको थियो । मैले गन्ती त गरिनँ तर, एकसाथ २०-२५ चिताहरू जलिरहेका थिए । केही आफन्तहरू पीपीई लगाएर आएका थिए ।

पीपीई लगाएका एक युवा छेउमा रहेको एक बेन्चमा चुपचाप बसेका थिए । कोरोना संक्रमित उनका पिताको सोमबार बिहान मृत्यु भएको थियो । त्यहाँ रहेका सबै मानिस आफन्तलाई अलबिदा भन्न आएका थिए ।

सीमापुरी श्मशानघाट

सीमापुरी स्मसान घाटमा अलि कडाइ छ । यसका बाबजुद भित्र चिताहरू जलिरहेका छन् । आफन्तहरूले स्वयम् शव ल्याइरहेका थिए र जलाउन आवश्यक दाउराको व्यवस्था पनि आफैँ गरिरहेका थिए । त्यहाँ बजरंग दलका एक युवा भेटिए जो एम्बुलेन्स सेवामा जोडिएका थिए । ती युवाका अनुसार उनी १० दिनदेखि लगातार अस्पतालबाट शव लिएर यहाँ आइरहेका छन् । शिखको एक संस्थाले यहा सेवासुविधा पुर्‍याउने कोसिस गरिरहेको छ । तर, मानिस धेरै थिए ।

एक सरदारले भने, ‘पछिल्ला केही दिनदेखि हालत यति खराब भएको छ कि अब मानिसलाई भन्नुपर्ने अवस्था आएको छ– अब अर्को श्मशानघाट जानुस् ।’ उनी त्यहाँ सहयोगका लागि खटिएका छन् । उनको दाबी छ, ‘त्यहाँ दैनिक १०० भन्दा बढी चिता जलाइने गरिएको छ ।’

म केवल तीन श्मशानघाट गएँ । दिल्लीमा दर्जनौँ श्मशानघाट छन् । कोभिड मामिलामा उछाल तथा यसका कारण भएको मृत्युको अनुमान यहाँ आएर हुन्छ । सरकार कोभिडबाट मृत्यु भएकाहरूको सङ्ख्या घटाएर बताइरहेको छ । यो कुरा लगातार जलिरहेका चिताहरू देखेपछि थाहा पाइन्छ ।

बीबीसी हिन्दीले जुबैर अहमदको बाइलाइनमा प्रकाशित गरेको रिपोर्टको यहाँ भावानुवाद गरिएको हो

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!