nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ को नाम मधेस र स्थायी राजधानी जनकपुरधाम राख्‍न जसपा र माओवादीले दर्ता गराए बेग्लाबेग्लै प्रस्ताव

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ५, २०७८, ९:०७ मध्यान्ह
सबैभन्दा बढी दलित र विपन्न भएको प्रदेश २ को बजेटः मठमन्दिरमा ९२ करोड, दलित आवासमा ७ लाख

जनकपुरधाम,बैशाख ५ गते।प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न २ वटा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयले स्थायी राजधानी र नामाकरणका लागि वैशाख ९ गतेसम्मका लागि प्रस्ताव आह्वान गरेपछि आइतबार दुई वटा प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल नेकपा माओवादी केन्द्रले प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार दुवै दलले छुट्टाछुट्टै रुपमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

सत्तारुढ जसपाका सांसद शैलेन्द्रकुमार यादवले प्रदेशको नाम मधेस हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा सांसदहरु रानी शर्मा तिवारी र वविता कुमारीले समर्थन जनाएका छन् ।

माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले मधेस नामाकरण हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा जगतप्रसाद यादव र दिलीपकुमार साहले समर्थन गरेका छन् ।

राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै जसपाका सांसद परमेश्वर साहले दर्ता गराएको प्रस्तावमा चमेलीदेवी दास, सञ्चमाया मोक्तान र मीराकुमारी साहले समर्थन जनाएका छन् भने माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले दर्ता गराएको प्रस्तावमा जगतप्रसाद यादव र दिलीपकुमार साह समर्थक छन् ।

प्रदेशको नामाकरण गर्न र स्थायी राजधानी तोक्न कुल सांसद संख्याको दुई तिहाइ आवश्यक पर्दछ । प्रदेश २ मा १०७ जना सांसद रहेकोमा ४ जनालाई माओवादी केन्द्रले बर्खास्त गरेपछि अहिले प्रदेशमा १०३ जना सांसद छन् । यसको दुई तिहाइ ६९ जनाले समर्थन गरेमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिन सक्छ ।

सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम मधेस र स्थायी राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराए पनि यी दुई दलको समर्थनमा मात्रै यो कार्य पूरा हुँदैन । जसपाको ५५ र माओवादी केन्द्रका ७ गरी ६२ जना सांसद हुन्छन् । यसमा अझै ८ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रदेशमा नेकपा एमालेको २१, नेपाली कांग्रेसको १९ नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद छन् ।

यसअघि प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि भएको प्रयास असफल भएको थियो । ४ चैत २०७६ मा नामाकरण र राजधानीका लागि मतदान भएको थियो । मतदानमा प्रदेशको नामसम्बन्धी चारवटा र स्थायी राजधानी तोक्ने तीनवटा प्रस्ताव अस्वीकृत भएको थियो ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि