nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलाञ्चलमा आज चैती छठको दोस्रो दिन खरना विधि मनाइँदै

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ४, २०७८, २:१९ मध्यान्ह
मिथिलाञ्चलमा आज चैती छठको दोस्रो दिन खरना विधि मनाइँदै

महोत्तरी, बैशाख ४ गते । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन् ।

चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । यसअघि शुक्रबार नै व्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।

पर्वको तेस्रो दिन आइतबार  सूर्य उपाशनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन अर्थात् सोमबार बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । यसलाइ मिथिलामा ‘भोरका अरख’ भनिन्छ । 

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलासय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिलाक्षेत्रका बुद्घिजीवी बताउँछन् । पर्वमा सबै धर्र्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरीको भनाइ छ ।

मिथिलामा शारदीय र बासन्ती गरी वर्षमा दुई पटक छठपर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने बासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् । तराईमा शारदीय छठजति बासन्ती छठ मनाउने चलन भने छैन । यद्यपि पछिल्ला केही दशकयता बासन्ती छठको रमझम पनि बढ्दै गएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन् ।

सूर्य उपासनाको यो पर्वले हर मनोकाङ्क्षा पूरा गर्ने विश्वास गरिन्छ । खासमा सूर्यको उपासनाले चर्मरोग नहुने र भएमा चाँडै निको हुने मैथिल जनविश्वास रहेको छ । बासन्ती छठ बासन्ती नवरात्रभित्रै पर्ने भएको हुँदा देवी र सूर्य उपासनाको पर्व सँगसँगै पर्ने गरेको छ ।-रासस

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

शौचालयको च्याम्बरमा नवजात शिशुको शव, १९ वर्षीया महिला पक्राउ

पर्यटक भिसामा आएर धर्म प्रचार र अवैध स्वास्थ्य शिविर चलाउने १० विदेशी पक्राउ

पर्यटक भिसामा आएर धर्म प्रचार र अवैध स्वास्थ्य शिविर चलाउने १० विदेशी पक्राउ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि