एजेन्सी,वैशाख १ गते। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी कोरोना संक्रमित भएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत मुख्यमन्त्री योगीले आफू संक्रमित भएको जानकारी दिएका हुन् ।
योगीले आफू आइसोलेसनमा बसेको र चिकित्सकको परामर्श पूर्णरुपमा पालना गरिरहेको बताएका छन् । आफू संक्रमित भए पनि प्रदेश सरकारको गतिविधि जारी रहने मुख्यमन्त्री योगीले बताएका छन् ।
योगीले पछिल्लो केही समययता आफ्नो सम्पर्कमा आएका मानिसलाई कोरोना परीक्षण गराउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
यसअघि मुख्यमन्त्री कार्यालयका अन्य केही मानिसमा पनि कोरोना संक्रमण देखिएको थियो । यसअघि पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता अखिलेश यादव पनि संक्रमित भएका थिए ।














Discussion about this post